नेपालले चाइनिज ताइपेइसँग मैत्रीपूर्ण फुटबल खेल्ने

293

नेपाली फुटबल टिमले चाइनिज ताइपेसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएअनुसार नेपालले काओहसुइउङमा जुन ६ तारिखमा चाइनिज ताइपेसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले २०२२ को कतार विश्वकप छनोटको तयारी स्वरुप यो मैत्रीपूर्ण खेल खेल्न लागेको हो । केही महिनाअघि मात्रै नेपाली फुटबल टिम सम्हालेका स्वीडेनका योहान कालिनले केही दिनमै अभ्यास गराउने एन्फाले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here