काठमाडौं / तत्कालीन माओवादीबाट छुट्टिएर र बनेको नयाँ शक्ति नेपाल का संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकीकरण गरेर पार्टीको नाम समाजवादी पार्टी नेपाल घोषणा भएको छ ।
प्रज्ञा भवन कमलादीमा आयोजित एकता सभामा डा. बाबुराम भट्टराईले मधेशका जनताले सम्पूर्ण नेपालको नेतृत्व लिन सक्ने जनाएका छन् ।
‘हिमाल, पहाड र मधेशका जनतालाई वैज्ञानिक ढंगले जोड्न नसके खतरापूर्ण अवस्था आउनसक्छ’ उनले भने-‘ मधेशका जनताले मधेशको मात्रै होइन, सम्पूर्ण नेपालको नेतृत्व लिन सक्छन्।
सभामा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले नौ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन्। वैकल्पिक राजनीतिक शक्तिका रुपमा समाजवादी पार्टी नेपाल उदाएको दाबी स्वयम् नेताहरुबाटै गरिएको छ । एकतापछि नयाँ शक्तिका संयोजक डा। बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादव नयाँ पार्टीको अध्यक्ष रहनेछन्।


















