हतियारसहित हेटौँडामा एक दर्जन भारतीय प्रहरी प्रवेश

967

हेटौँडा / हतियारसहित हेटौँडामा प्रवेश  गरेका  भारतीय प्रहरी टोली लाई मकवानपुर प्रहरीले भारत फिर्ता पठाएको छ ।

भारतीय प्रहरी शनिबार हातहतियारसहित मकवानपुरको हेटौँडासम्म आइपुगेको थियो। हतियारसहित आधा दर्जन भारतीय प्रहरी सिमाना काटेर प्रदेश राजधानीसम्म आइपुग्दा पनि सीमासुरक्षामा तैनाथ सशस्त्र प्रहरी र अन्य प्रहरी युनिटले सुइँकोसम्म पाएनन्।

जब हतियारसहितका प्रहरी प्रदेश ३ को राजधानी भेटिए तब मात्रै प्रहरीको ध्यान उनीहरूमाथि पुग्यो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडाको पशुपति मन्दिर दर्शन गर्ने बहानामा आधा दर्जनको सङ्ख्यामा भारतीय प्रहरी आएका थिए । उनीहरुलाई हेटौँडा–४ स्थित गेष्टहाउसबाट मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरुको साथमा हातहतियार देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। त्यही आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरका प्रहरी प्रमुख मुकेशकुमार सिंहले पशुपति मन्दिरको दर्शन गर्न भन्दै आएका भारतीय प्रहरीलाई उतै फर्काइएको बताए। ‘गुगल म्यापमा पशुपति मन्दिर सर्च गर्दा बिहारबाट ५२ किलोमिटरको दूरी देखाएपछि उनीहरु हेटौँडा आएको खुलेको छ’, सिंहले भने, ‘हेटौँडास्थित पशुपति मन्दिर दर्शन गरेपछि उनीहरुलाई सामान्य सोधपुछ गरी फिर्ता पठाइएको छ।’ वीरगञ्ज नाकादेखि करिब एक दर्जन प्रहरी चौकी पार गरेर उनीहरु हेटौंडा आएका थिए ।

हेटौंडा-४ स्थित भुवनेश्वर (पशुपति) मन्दिर दर्शन गर्न आएका दुईजना असई र दुईजना प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएर भारत फिर्ता गरेको हो । कसरी आइपुगे ? कानूनी प्रावधानअनुसार भारतीय प्रहरी हतियारसहित नेपाल आउनु गैरकानूनी मानिन्छ । बिहारसँग सिमाना जोडिएको नेपालीक्षेत्रबाट हेटौँडासम्म कम्तिमा ६ वटा भन्दा धेरै प्रहरी युनिटले जाँच गर्छन् । वीरगन्ज नाकादेखि हेटौँडासम्म जनपथ, सशस्त्र र नेपाल प्रहरीका दर्जनौँ क्याम्प छन्। प्रहरीले सादा पोशाकमा घुमुवा पनि परिचालित गरेको हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here