पाकिस्तानी सेनाले आफ्नो खर्चमा कटौती गर्दै घटायो बजेट

108

पाकिस्तान /  पाकिस्तानी सेनाले आगामी आर्थिक वर्षका लागि आफ्नो खर्चमा कटौती गर्ने घोषणा गरेको छ । सेनाको यो कदमप्रति प्रधानमन्त्री इमरान खानले खुशी व्यक्त गर्दै धन्यवाद समेत व्यक्त गरेका छन् ।

प्रधानमन्त्री इमरान खानले सेनाको यो घोषणापछि ट्वीट गर्दै भने, ‘कयौं सुरक्षा चुनौतीका बाबजुद आर्थिक संकटको यस घडीमा सेनाले आफ्नो खर्च कटौतीको घोषणाको स्वागत गर्दछु, यसबाट बचेको बजेट हामीले बलुचिस्तान इलाकामा खर्च गर्नेछौं ।’

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफ्फुरले पनि उक्त घोषणाको पुष्टि गर्दै ट्वीटरमा भने, ‘एक वर्षका लागि सेनाको रक्षा बजेटमा कटौतीले देशको सुरक्षामा केही असर पर्नेछैन, हामी प्रत्येक खतराको भरिपूर्ण जवाफ दिनेछौं, बलूचिस्तान क्षेत्रका लागि यो एक महत्वपूर्ण कदम थियो ।’

पाकिस्तानी सेनाको यो घोषणाको चौतर्फी प्रशंसा हुन थालेको समाचार बीबीसीले छापेको छ । सेनाको यो घोषणासँगै पाकिस्तानी प्रधानमन्त्रीको वित्तिय सल्लाहकार डा. हफीज शेखले भनेका छन्, ‘आगामी बजेट चुनौतीपूर्ण हुनेवाला छ, हामीले सरकारको खर्च धेरै भन्दा धेरै घटाउन कोशिस गर्नेछौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here