काठमाडौं– प्रदेश ३ सरकार, काठमाडौं र ललितपुर महानगर र साझा यातायात प्रालीले काठमाडौं उपत्यकामा विजुली बस सञ्चालनका लागी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
सोमबार एक कार्यक्रममा विद्युतीय बस खरिदका लागि प्रदेश ३ सरकारले साझा यातायातलाई ३० करोड रुपैयाँ हस्तान्तरण गरेको छ । सहमतिअनुसार काठमाडौं महानगरले १० करोड दिनेछ भने ललितपुरले सोमबार नै २ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै ठाउँमा विद्युतीय बस सञ्चालन गर्नुपर्नेमा जोड दिए । इन्धनबाट चल्ने भन्दा विद्युतिय बस सस्तो हुने भएको कारण पनि यसमा ध्यान दिनुपर्ने उनले जनाए ।
विद्युतीय सवारीमा अन्यमा भन्दा भाडा कम हुनु पर्ने उनले जनाए।
काठमाडौंलाई धुलोमुक्त बनाउन प्रदेश सरकारले लगानी गर्ने जनाए । काठमाडौं उपत्यका भित्र फ्लाई ओभर, आकासे पुल आवश्यकताका आधारमा प्रदेश सरकारले निर्माण गर्ने जनाए ।
कार्यक्रममा युरो ४ मापदण्डका २० वटा बस साझा यातायातलाई हस्तान्तरण गरिएको छ ।


















