एजेन्सी / इण्डोनेसियाका दम्पत्तिले आफ्नो बच्चाको नाम गुगल राखेका छन् । यस्तो अनौठो नाम छोराको राखे पश्चात तिनीहरुलाई सबैले गिज्याउन थाले । उनीहरुले लिएको निर्णय अहिले गलत सावित भएन । करिव ८ महिनापछि उक्त बच्चाको नाम निकै लोकप्रिय मात्र नभई, सबैले चिन्न समेत थालेका छन् । संसारमै अहिलेसम्म सायद पहिलोपटक कुनै बच्चाको नाम गुगल राखिएको हो । सायद त्यहीँ भएर इण्डोनेसियाका मिडियाहरुले उक्त बच्चाको नामलाई संसारकै सबैभन्दा शक्तिशाली नाम अर्थात् वल्र्डस् स्ट्रोंग्रेस्ट नेम को उपाधि पनि भिराएका छन् ।
एण्डी काया सुपुत्रा र उनकी पत्नी इला कारिनाले ७ महिना अघि, अर्थात् गत नोभेम्बर ३० मा छोरा जन्माएका थिए । आफ्नो छोराको नाम निकै फरक होस् भन्ने उनको चाहना थियो । बच्चा जन्मनु अघि र जन्मिसकेपछि पनि उनले बच्चाको नाम के राख्ने होला ? भनेर धेरै जनासँग सल्लाह मागे । तर सुझावमा प्राप्त भएका नामहरुमा उनलाई चित्त बुझेन ।
अन्ततः बच्चा जन्मिसकेपछि उनले आफ्नो छोराको नाम प्रविधिको संसारसँग जोड्ने निधो गरे । प्रविधिको नामबाट छोराको नाम राख्ने निर्णय पश्चात पनि टुंगो लगाउन गाह्रो भयो । उनले धेरै नामका बारेमा सोँचे । विन्डोज, आइफोन, माइक्रोसफ्ट देखि आइओएस सम्मका नामहरु मनमा खेलाउँदा पनि उनलाई चित्त नबुझेपछि अन्त्यमा एउटा प्रविधि जगतको एउटा लोकप्रिय ब्राण्डमा गएर उनी अडिए । त्यो थियो गुगल । अन्ततः उनले छोराको नाम ‘गुगल’ राख्ने निर्णय गरे ।
यस निर्णय पश्चात छोराको नाम गुगल राखेपनि उनकी पत्नी, आमाबुवा तथा घरपरिवार र ससुरालीहरु समेत सहमत हुन मानेनन् । जन्मदर्ताका लागि नाम र थर दिनुपर्नेमा उनले आफ्नो छोराको थर नभएको बताए र गुगल नाममात्रै दर्ता गरे ।
सुरुमा पत्नी र परिवारले नस्विकारेको तथा अरुले खिसी गरेको नाम विस्तारै सबैलाई पानी पर्न थाल्यो । सो अनौठो तथा फरक नामले विस्तारै चर्चित पनि हुन थाल्यो ।
गुगल शव्द संसार भरमै चर्चित हुनुका साथै यो नामसँग जो कोहीपनि परिचित भएको हुँदा आफुले त्यो नाम छनोट गरेको एण्डी भने । एण्डी र इला आफ्नो छोरा गुगललाई भविष्यमा नेता बनाउन चाहन्छन् । गुगलले जस्तै आफ्नो छोराले अरुलाई सहयोग गरोस् र अरुका लागि काम आओस् भन्ने कामना उनीहरुको छ ।


















