आफ्नै बुबाको चिर्पट प्रहार गरी हत्या

200

कैलाली /  आफ्नै बुबा ६० वर्षीय अम्बर बहादुर कुमाललाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा गोदावरी नगरपालिका(५ बस्ने ३० वर्षीय राम बहादुर कुमाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

निज रामबहादुरले आफ्नै बुबालाई चिर्पट प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी गेटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

चिर्पट प्रहारबाट गम्भीर घाइते भएका अम्बर बहादुरको सेती अञ्चल अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here