काठमाडौं / उच्च अदालतले गरेको फैसला उल्टाउदै बुढानिलकण्ठ नगरपालिकाको न्यायिक समितिले फैसला बिपरित फैसला गरेको छ ।
बुढानिलकण्ठ नगरपालिकाको न्यायिक समितिले ६ महिनापछि २०७५ चैत्र १५ गते प्रतीबादिको पक्षमा फैसला गरेको हो । नगरपालिकाका उपमेयर रमादेवी राई संयोजक रहेको न्यायिक समितिले ६ महिनापछि उच्च अदालतले गरेको निषेधाज्ञा उल्टाएको हो ।
बुढानिलकण्ठ वडा नम्बर ५ स्थित कित्ता नम्बर १०८० को जग्गा बाटो बिबादमा उच्च अदालतले २०७५ असोज १७ गते बादी सलिना श्रेष्ठको पक्षमा फैसला गरेको थियो।


















