धनगढी बम विस्फोटका घाइते विप्लव कार्यकर्ता अस्पतालबाट डिस्चार्ज भएलगत्तै पक्राउ

194

धनगढी /  धनगढी उपमहानगरपालिका–३, सहीदगेटमा भएको शक्तिशाली बम विस्फोटमा घाइते एक विप्लव कार्यकर्तालाई प्रहरीले अस्पतालबाट डिस्चार्ज भएलगत्तै पक्राउ गरेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता लक्ष्मण सरेलालाई स्वास्थ्यलाभपश्चात ह्विलचियरमा बसेर घर फर्कन लागेका थिए । घर फर्कन लागेलगत्तै सरेलालाई प्रहरीले नियन्त्रणमा लिएर गाडीमा राखेको थियो ।

 वडा प्रहरी कार्यालय धनगढीको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय, कैलालीले घाइते सरेला विस्फोटमा संलग्न भएकाले अस्पतालबाट डिस्चार्ज भएलगत्तै नियन्त्रणमा लिइएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here