काठमाडौं / तीन दर्जन भन्दा बढी नेता कार्यकर्ता समाजवादी पार्टीका प्रवेश गरेका छन् । सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसका नीति सिद्धान्त र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जाहेर गर्दै कार्यकर्ताहरु समाजवादी पार्टी प्रवेश गरेका हुन् ।
मंगलबार आयोजित समाजवादी पार्टीको केन्द्रीय कार्यालय वालकुमारीमा पार्टी प्रवेश समारोहमा अध्यक्षद्वय उपेन्द्र यादव र डा.बाबुराम भट्टराईले नवप्रवेशी नेता तथा कार्यकर्तालाई अबिर टिका लगाएर पार्टीमा स्वागत गरेका छन् । नवप्रवेशी नेता कार्यकर्तालाई अध्यक्षद्वय भट्टराई र यादवले पार्टीको नीति, सिद्धान्त अनुसार सक्रिय भई कार्य गर्न निर्देशन दिएका छन् ।
कांग्रेस सभापति शेर बहादुर देउवाको गृहजिल्ला डडेल्धुराका सक्रिय नेता लक्ष्मण सिंहको नेतृत्वमा दर्जनौं नेता कार्यकर्ता कांग्रेस परित्याग गरि समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेमा सदानन्द पाठक, दिपेश भट्ट, रोहित पाठक, पुरुषोत्तम उपाध्याय र ललितपुरका समाजसेवी सबिना कायस्थ, इन्दिरा शाक्य लगायतका सक्रिय नेता कार्यकर्ता रहेका छन्।

















