बानिका प्रधानको स्वरमा ‘हाँस्दा त आँशु झर्छ’ सार्वजनिक ( भिडियो )

209

छोटो समयमा नै आफ्ना उत्कृस्ट सृजना मार्फत दर्शक सोर्ता माझ आफुलाई चिनाउन सफल गीतकार प्रलाद शाहले आफुले लेखेको पहिलो गीतको लिरिकल भिडियो सार्वजनिक गरेका छन् । यसअघि मिलियन क्लबमा पुग्न सफल उनले लेखेका कयौ गीत स्रोता दर्शक माझ लोकप्रिय बनिसकेका छन् ।

‘हाँस्दा त आँशु झर्छ’  बोलको सेण्टिमेन्टल भर्सनको यस गीतमा स्वर सुमधुर स्वरकी धनी गायिका बानिका प्रधानको रहेको छ । गीतमा संगीत भर्ने काम लोकप्रिय संगीतकार न्ह्यू बज्राचार्यले गरेका हुन् भने गीतका मन छुने शब्द प्रलाद शाहले लेखेका हुन् । गीतको संगीत संयोजनको काम गोपाल रसाइलीले गरेका हुन्।

भाका इन्टरटेनमेन्टको अफ़िसिएल युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो । गीतलाई सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ । फराज अर्पणको निर्माणमा लिरिकल भिडियो तयार पारिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here