इक्वेडरमा मूल्य बृद्धिको विरोध प्रदर्शनमा ६ जनाको मृत्यु

100

एजेन्सी / इक्वेडरमा इन्धनको मूल्य वृद्धिको विरोधमा भएको हिंसात्मक झडपम हुँदा ६ जनाको मृत्यु भएको छ। १० दिनदेखि चल्दै आएको प्रदर्शनको क्रममा १ हजार ५०७ व्यक्ति घाइते भएको तथ्यांक सरकारले सार्वजनिक गरेको हो।

प्रदर्शनको क्रममा १ हजार ३३० व्यक्ति पक्राउ परेको गृहमन्त्री मारिया पउला रोमोले जनाएका छन्। गत अक्टोबर १ मा राष्ट्रपति लेनिन मोरेनोले इन्धनको लागतलाई कम गर्दै सरकारी अनुदान अन्त्य गर्ने घोषणा गरेका थिए। जसको कारण १२३ प्रतिशतसम्म इन्धनको मूल्य वृद्धि हुने भएको थियो।

यो उपाय अन्तरर्राष्ट्रिय मुद्रा कोषमा सहमति भएका सुधारमध्येको एक हो। जसले इक्वेडरलाई ४।२ अर्ब डलर ऋण लिन मद्दत पुर्‍याउँछ। सरकारी मुख्यालयनजिकै रहेको क्विटोको ऐतिहासिक केन्द्रमा आदिवासी समूह, किसान, विद्यार्थी र मजदुर युनियनको प्रतिनिधित्व गर्ने हजारौं व्यक्तिले प्रदर्शन जारी राखेका थिए।

इक्वेडरका राष्ट्रपति लेनिन मोरेनो आइतबार प्रदर्शन नेताहरुसँग धेरै घण्टासम्म बैठकपछि सरकारले नयाँ अनुदान योजनामा काम गर्ने दुबै पक्ष सहमत भएका थिए। यस विरोध प्रदर्शनको क्रममा पक्राउ परेकामा ५७ जना विदेशी नागरिकहरू रहेका जसमध्ये धेरैलाई २४ घण्टा भित्र रिहा गरिएको मन्त्रीले जानकारी दिए। प्रदर्शनपछि १ हजार ५०७ जना सार्वजनिक स्वास्थ्य केन्द्रमा उपचार गरेका जनाइएकाे छ । जस मध्ये ४ सय ३५ जना प्रहरी अधिकारीहरूसमेत रहेका जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here