संयुक्त राष्ट्रसंघको चार्टरमा एनजीओ

192

– हुकुमबहादुर सिंह

सन् १९४५मा नव निर्मित संयुक्त राष्ट्रसंघको चार्टरको एक नम्वर अनुच्छेदमा पहिलो पटक ‘गैरसरकारी सङ्गठन’ शब्दले एउटा औपचारिक स्थान प्राप्त ग¥यो । त्यसवेला पहिलो पटक गैरसरकारी सङ्गठनलाई– ‘कुनै पनि देशको सरकारको सबैखाले प्रभावबाट मुक्त एउटा संस्था जसले गैरनाफा मूलक कार्यमा मात्र आफ्नो सहभागिता जनाउँछ’ भनेर उल्लेख गरियो । त्यसपछि अहिलेसम्म आइपुग्दा प्रत्येक देशमा अनगिन्ति यस्ता गैरसरकारी संघ–संस्थाहरू छन् जसले हरेक गाउ“, शहर वा जिल्लामा हुने स्थानीय समस्याहरूको ध्यानाकर्षण ठूला राष्ट्र अथवा मञ्चमा गराउने गर्दछन । र यस्ता थुप्रै  गैरसरकारी संस्थाहरूले समाज उत्थानका लागि दिएका योगदानहरूमा थप हौसला प्रदान गर्न÷गराउन हरेक वर्षको २७ फेब्रुअरीको दिन संयुक्त राष्ट्रसंघले विश्व गैरसरकारी संस्था दिवस मनाउने गरेको छ । उक्त दिनको मुलभूत उद्देश्य भने फरक–फरक तय गर्ने गरिन्छ र अघिल्लो वर्ष सन् १९१८ मा यस दिनको उद्देश्य ‘साथ र सहयोगको उत्सव मनाउ’ भन्ने रहेको थियो ।  उक्त दिनले स्थानीय, क्षेत्रीय र अन्तराष्ट्रिय तहमा गैरसरकारी संस्थाले समाजमा पु¥याएको योगदान र अन्य गतिविधिहरूको महत्वलाई विश्व सामु प्रष्ट पार्ने प्रयास गर्ने गरिन्छ ।

त्यसवाहेक उक्त  दिन ती सबै स्वयम्सेवक, सदस्य र समर्थकहरूलाई उनीहरूले समाजमा पु¥याएको योगदानका लागि सम्झना गर्ने दिन पनि हो । यस्ता थुप्रै व्यक्तिहरू छन् जसले कुनै न कुनै रूपमा यस्ता गैरसरकारी संस्थाहरूका कार्य र परियोजनाहरूलाई सफल पार्न आफूलाई समर्पित गरेका छन् । उक्त दिन भन्ने गरिन्छ कि हामी सवैले एक पटक ती निःस्वार्थी सहयोगीहरूलाई सम्झना गर्दै सम्मान दिनु पर्छ । ती व्यक्तिहरूलाई हामीले दिने सम्मानले नै अन्य मानिसलाई यस्ता गैरसरकारी संस्थाहरूस“ग सहकार्य गर्न हौसला प्रदान गर्ने छ ।

सामान्यतः गैरसरकारी संस्थाहरू समाजका आवश्यकता हुन् भन्ने गरिन्छ, झन् नेपालजस्तो विकासको पथमा लम्किरहेको देशमा यी संस्थाहरूले भिœयाएको बजेट हेर्दा यसको योगदान अतुलनीय रहने गरेको अनुमान गर्न सकिन्छ । फिनल्याण्ड विदेश मन्त्रालयका अन्तर्राष्ट्रिय विकासका लागि मन्त्री पेक्का हाभिष्टोले पहिलो विश्व एनजीओ दिनका सन्दर्भमा सम्बोधन गर्दै भनेका थिए– ‘एनजीओ भनेको सामान्यतः गैरनाफामूलक भनिन्छ र कहिलेकाही अन्तर्राष्ट्रिय सङ्गठनहरू सरकारबाट र अन्तर्राट्रिय सरकारी संस्थाहरूबाट स्वतन्त्र (यद्यपि प्रायःजसो सरकारहरूद्वारा आर्थिक सहयोग दिने), जुन मानवीय, शिक्षा, स्वास्थ्य केयर, पव्लिक नीति निर्माण, सामाजिक मानव अधिकार, पर्यावरणीय र अन्य क्षेत्रमा उनीहरूका उद्देश्यअनुरूप परिवर्तनका लागि प्रभाव पार्दछन् । तिनीहरू यसरी नागरिकहरूद्वारा आर्थिक सहयोग दिइएका सबै सङ्गठनहरूका एउटा सहसमूह हुन्, जसमा क्लबहरू र अन्य सङ्गठनहरू जसले सेवाहरू, फाइदाहरू प्र्रदान गर्दछन् र सदस्यहरूका लागि मात्रै प्रतिबद्ध हुन्छन् ।’

कहिलेकाहीं यो एनजीओ शव्दले नागरिकद्वारा आर्थिक स्रोत प्रदान गरिएको कुनै पनि सङ्गठनलाई जनाउनका लागि  ‘नागरिक समाज सङ्गठन’को पर्यायवाची शव्दका रूपमा प्रयोग गरेको पनि पाइन्छ । एनजीओ सङ्गठनको शब्दको व्याख्या (गैरसरकारी सङ्गठनहरू जो संयुक्त राष्ट्रसंघसित सम्बन्धित छन्), ब्mदष्खबभिलत (द्वेतवृत्ति) हो । प्रथम यो कुनै गैरनाफामूलक, स्वयम्सेवी नागरिकहरूको समूह हो, जो स्थानीय, राष्ट्रिय अथवा अन्तर्राष्ट्रिय स्तरमा सगठित गरिएका हुन्छन् । तर त्यसपछि अत्यधिक अंग्रेजीभाषीहरू र मिडियाद्वारा यो परिभाषालाई निम्न रूपमा व्याख्या गरेको पाइन्छः ‘एउटा साझा चाहनासित जोडिएका जनताद्वारा केही निश्चत काम सक्न र उपलब्धि देखाउन संगठित संस्था ।’ एनजीओहरूले विभिन्न प्रकारका सेवाहरू र मानवीय कार्यहरू प्रदान गर्दछन्, नागरिकका सरोकारहरूलाई सरकारसम्म लैजान मद्दत गर्दछन्, वकालत गर्दछन् र नीतिहरूको लेखाजोखा गर्दछन्  र जानकारीको सहज पहुचमार्फत् राजनीतिक सहभागितालाई प्रोत्साहन दिन्छन् ।

सामान्यतः एनजीओहरूलाई दान उपहारद्वारा आर्थिक सहयोग प्रदान गरिन्छ, तर केहीले ओपचारिक आर्थिक सहयोगलाई इन्कार गर्दछन् र स्वयमसेवकहरूमार्फत् आर्थिक सहयोग जम्मा गर्दछन् । एनजीओहरू एउटा व्यापक कृयाकलापहरूमा संलग्न गरिएका सङ्गठनहरूको एकदमै उच्च विभिन्न समूहहरूको सङ्गठन हो र विश्वका विभिन्न फरक–फरक भागहरूमा विभिन्न आकार र रूपहरू हुन्छन् । केहीको चेरिटेबुल मान्यता हुनसक्छ, जबकि अरूहरूको सामाजिक लक्ष्यको स्वीकृतिको आधारमा कर छुटका लागि दर्ता गरिएका हुन सक्छन् । अरूहरू राजनीतिक, धार्मिक अथवा अरू चाहनाहरूका लागि हुन सक्छन् । दोस्रो विश्वयुद्धको अन्त्यदेखि  एनजीओहरूको अन्तराष्ट्रिय विकासमा, खासगरी मानवीय सहयोग र गरिबी निवारणको क्षेत्रमा बढदो भूमिका रहँदै आएको छ । – [email protected] -जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here