अहिले भड्किलो समाजले बिहेलाई निकै खचिर्लो बनाएको छ । अहिले सामान्य भोज खुवाएर कम कम खर्च हुने गरी बिहे गरेपनि कम्तिमा ८/ १० लाख खर्च भईहाल्छ । महँगा पार्टी प्यालेस र महंगो भोजन, बाजागाजा सवारीको प्रवन्ध यी सबैकुरा सामान्य परिवारलाई बिहेको चुनौतिकै रुपमा बन्ने गर्छ ।
यस्तो अवस्थामा नारायणगढको नदि किनारमा भने ५ हजार १ सयमा धुमधामका साथ बाजागाजा बजाएर हात्ति चढाएर भब्य रुपमा बिहे हुने भएको छ ।
नेपालको कानुनले बिहे गर्न छुट दिएका उमेर समुहका किशोर किशोरी जोडि मिलेर आएमा ५१ सयमा जन्तीलाई भोजन समेत गराएर बिहे गरिदिने प्रवन्ध युवा बाल ब्यास महाराजश्रीले गर्नु भएको छ ।
आगामी माघ ११ देखि फागुन ११ गतेसम्म पवित्र तिर्थस्थल नारायणी नदी किनारमा हुने ऐतिहासिक १०८ कुण्डीय कोटिहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान, माघी मेला महामहोत्सव एवम् सङ्गीतमय लीलामय १०८ श्रीमद्भावत धनधान्याचल पितृमोक्ष विराट मासिक महायज्ञ २०७६मा यस्तो ब्यवस्था मिलाईएको हो । यहा अहिले धमाधम मण्डप निर्माणको काम भईरहको छ ।
महायज्ञमा हात्ति सवारी साधन पण्डित भण्डब भोजन माला सबै चिज उपलब्ध हुने भएकाले सामान्य रकममा आफुहरुले भब्य विवाहको ब्यवस्था मिलाएको महायज्ञका प्रमुख बाचक महाराजश्रीले जनाउनुभयो ।
नेपाल भ्रमण वर्ष २०२० आगमनसँगै नेपालमै ठूलो धार्मिक महोत्सवको आयोजना गरिएको हो ।


















