काठमाडौं / सार्वजनिक सवारीप्रति सर्वसाधारणको गुनासो बढ्न थालेपछि अवस्था सुधार्न ट्राफिक प्रहरीले सार्वजनिक सवारीका चालकसँग लिखित प्रतिबद्धता लिन थालेको छ । प्रहरीले स्थलगतरुपमा सवारीको अनुगमन गरी प्रत्यक्ष देखिएको समस्या पहिचान गरी यात्रुको गुनासोसमेत समेटेर लिखित प्रतिबद्धता लिन थालिएको हो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सार्वजनिक सवारीलाई यात्रुमैत्री बनाउने अभियानअन्तर्गत यातायत व्यवसायीसँगको सहकार्यमा चालकहरुलाई लिखित प्रतिबद्धता गराउन थालिएको जानकारी दिनुभयो । “हाम्रो टोली हरेक दिन सार्वजनिक यातायातमा आफैँ चढेर अनुगमन गर्छन्, यात्रुहरुँग जानकारी लिन्छन्, के के कमजोरी छ सबै उल्लेख गरेर उनीहरुलाई प्रतिबद्धतापत्र वितरण गर्ने गरिएको छ, त्यसमा सुधार गर्नुपर्ने कुरा उल्लेख छ, एक हप्तामा कार्यान्वयन गर्न भनिन्छ, कार्यान्वयन भएन भने कारवाही थालिन्छ”, ढकालले जानकारी दिएका छन् ।
ट्राफिक प्रहरीका हरेक युनिटले दिनमा निश्चित समयमा अनुगमन गर्छन् । गाडीको अवस्था के छ, भाडासम्बन्धी गुनासो छ कि छैन, आरक्षण सिट उपलब्ध छ कि अरूले नै प्रयोग गरेको छ, झ्याल ढोका र सवारीको अवस्था कस्तो छ, क्षमताअनुसारको यात्रु छ कि छैन भन्नेजस्ता विषयमा अनुगमन गर्छन् ।
यस्तै गाडीको गति, चालक सहचालकको बानीबेहोरा, सवारी सरसफाइदेखि जुत्ता लगाए÷नलगाएको तथा �



