सामाजिक सञ्जाल फेसबुककाे ट्विटर र इन्स्टाग्राम ह्‍याक

444

एजेन्सी / फेसबुकका सामाजिक सञ्जाल खाताहरू शुक्रबार ह्याकरहरूले केही बेरका लागि आफ्नो नियन्त्रणमा लिएका छन्। ह्याकिङ समूह आवरमाइनले फेसबुक पनि ह्याक गर्न सकिन्छु भन्ने सन्देश फेसबुकको आधिकारिक ट्विटर र इन्स्टाग्राममा पोष्ट गरेका थिए।

ती खाताहरू अहिले पुनस्स्थापित गरिएका छन्। आवरमाइनले उसको आक्रमण साइबर कमजोरी प्रष्ट देखाइदिने प्रयत्न भएको बताएको दाबी गरेको छ। गत जनवरीमा उसले यूए न्याशनल फुटबल लिगका एक दर्जनभन्दा बढी खाताहरू आफ्नो नियन्त्रणमा लिएको थियो।

उक्त समूहले फेसबुकको ट्वीटर ह्यान्डलमा लेखेको थियो, ‘हेलो, हामी आवरमाइन हौँ। फेसबुक पनि ह्याक गर्न सकिन्छ तर कम्तीमा फेसबुकको सुरक्षा व्यवस्था ट्वीटरको भन्दा राम्रो छ।’

उसले फेसबुकको इन्स्टाग्राम खाता र मेसेन्जर खाता आफ्नो नियन्त्रणमा लिएर आवरमाइनको लोगोको फोटो पोष्ट गरिदिएको थियो। फेसबुकको आफ्नै वेबसाइट भने ह्याक गरिएको थिएन।

ट्विटरले तेश्रो पार्टीले ह्याक गरेको पुष्टि गरेको छ र त्यसबारे थाहा पाएपछि प्रभावित खाताहरू बन्द गरिएको जनाएको छ। ‘त्यस्तो भएको जानकारी पाएपछि हामीले समस्यामा परेका खाताहरू बन्द गर्‍यौँ र फेसबुकस्थित हाम्रा सहकर्मीहरूसँग तिनलाई यथास्थितिमा पुर्‍याउन काम गरिरहेका छौँ’ ट्विटरले एउटा विज्ञप्तिमा भनेको छ।

फेसबुकमा भएको आक्रमण यसअघि न्याशनल फुटबल लिगमा जस्तै रहेको ठानिएको छ। यी खाताहरूमा खोरोज भनिने तेस्रो समूहमार्फत पुगिएको जस्तो देखिन्छ। खोरोज भनेको व्यापारिक समूहले सामाजिक सञ्जालमा आदानप्रदान गर्ने सन्देशका लागि प्रयोग गरिने एउटा माध्यम हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here