क्यानडाका सभामुख फ्युरी भोली नेपाल आउँदै

149

काठमाडौं / क्यानडाको माथिल्लो सदन (सिनेट) का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधमण्डल भोली सोमबार नेपाल भ्रमणमा आउने भएको छ।

बिहान करिब साढे ९ बजेतिर सो टोली त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछ। भ्रमणका क्रममा फ्युरीले सोमबार साढे ११ बजे राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेट गर्नेछन्।

२ बजे राष्ट्रिय सभा बैठक अवलोकन गरेपछि नेपाल–क्यानडा संसदीय मैत्री समूहसँग भेटवार्ता गर्नेछन्। मंगलबार प्रधानमन्त्री केपीशर्मा ओली तथा परराष्ट्रमन्त्रीसँग भेटवार्ता गरी साढे २ बजे स्वदेश फिर्ता हुनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here