कलाकार रघुवंशीद्वारा शिवरात्रीकाे अवशरमा पशुपतिमा विशेष नृत्य प्रस्तुत (भिडियाे सहित)

311

काठमाडौं  – हिन्दु धर्मावलम्बीहरूकाे  महान् पर्व शिवरात्री  विशेष महत्व दिइ भारत तथा नेपालमा विशेष रूपले मनाउने गरिन्छ । यस दिन शिवको पूजाअर्चना गर्दै, धुनी बालेर शिवको प्रसाद ग्रहण गरेर परम्परागत ढङ्गले त सबैले मनाए । कलाकारहरुको शिवरात्री भने बेग्लै रह्यो ।

धेरै जसो नृत्य कलाकारहरुले आफैं शिव बनेको फोटो फेसबुकको प्रोफाइल पिक बनाएर शिवरात्रीको शुभकामना दिए । संगीत क्षेत्रका कलाकारहरुले आफैले रचना गरेको वा आफ्नो श्रृजना शेयर गरे । अहिलेका चर्चित युवा नृत्य कलाकार स्वजन रघुवंशीले भने पशुपति नै पुगेर नाच्दै शिवरात्री मनाए ।

 

शिवरात्रीका दिन स्वजनले पशुपतिमै आफ्नो नृत्य प्रस्तुति दिए । स्वजनले पशुपतिमा लगभग २० मिनेटको अवधिभित्र पाँचवटा नृत्य लगातार प्रस्तुत गरे ।  भरतनाट्यम अन्तर्गतको पुष्पाञ्जली, गणेश श्लोक, सरस्वती श्लोक, लक्ष्मी श्लोक र ध्यान श्लोक नृत्यको माध्यमबाट शिवको आराधना समेत गरेका थिए ।  ‘शिवरात्रीको पावन दिनमा पशुपति जस्तो पवित्र भूमिमा आफुले नृत्यको माध्यमबाट शिवको आराधना गर्न पाउँदा निकै खुसी लागेको छ’ आफ्नो प्रस्तुतिपछि स्वजनले समाचारडेस्कलाई प्रतिक्रिया दिए ।

पशुपति विकास कोषबाट आयोजित कार्यक्रमको लागि स्वजन भारतबाट नेपला आइपुगेका थिए । हाल स्वजन भारतको बनारस हिन्दु विश्वविद्यालयमा पर्फमिङ आर्ट अन्तर्गत भरतनाट्यम नृत्यमा स्नातकोत्तर अध्ययन गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here