प्रिक्टरफाइनलमा फ्रेन्च खेलाडीले हरायाे प्रिन्सलाइ

124

एजेन्सी – नेपाली युवा व्याडमिन्टन स्टार प्रिन्स दाहाल योनेक्स जर्मन जुनियर इन्टरनेशनल सिरिज–२०२० को प्रिक्वाटरफाइनलमा हार व्याेहार्नु परेकाे छ । यसअघि लगातार तीन खेल जितेका प्रिन्स प्रिक्टरफाइनलमा फ्रेन्च खेलाडी यानिस गउदिनसँग २–१ को सेटमा पराजित भएको टिम म्यानेजर सुवास श्रेष्ठले जर्मनीबाट जानकारी दिए ।

प्रिन्सले पहिलो सेट जिते पनि यानिसले त्यसपछि पुनरागमन गर्दै लगातार दुई सेट जिते । शुक्रबार भएको खेलमा प्रिन्सले पहिलो सेट २१–१८ ले जितेका थिए । तर त्यसपछि यानिसले लगातार दुई सेट २१–१२ , २१–१२ ले जित्दै खेल जितेका हुन् ।

प्रिन्स यसअघि नेदरल्याण्ड्समा भएको डच जुनियर इन्टरनेशनल सिरिजमा पनि प्रिक्वाटरफाइनलसम्म पुगेका थिए ।

ललितपुरको डाँफे इंग्लिस बोर्डिङ स्कुलमा अध्ययनरत १६ वर्षीय प्रिन्स बीडब्लुएफको विश्व जुनियर वरीयतामा शीर्ष दशमा छन् । उनी गत मंगलबारमात्र सार्वजनिक वरीयतामा दशौं स्थानमाथि उक्लेका हुन् । दुई वटा जुनियर प्रतियोगिता खेलेका प्रिन्सको वरीयता अझै सुधार हुने सम्भावना छ ।

युरोपमा ब्याडमिन्टन खेल्ने प्रिन्स पहिलो नेपाली जुनियर खेलाडी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here