–निमकान्त पाण्डे
प्रधानमन्त्री केपी ओली मिर्गौला प्रत्यारोपण पश्चात राजनीतिमा सक्रिय देखिनु भएको छ । उहाँको सक्रियताले सबैलाई चकित तुल्याएको छ । मिर्गौला प्रत्यारोपणको उपचार जटिल उपचारमध्येमा पर्दछ । संक्रमण हुन सक्ने धेरै सम्भावना यसमा रहने हुँदा धेरै मानिसहरूसँग सम्पर्कमा रहनु पनि स्वास्थ्यका लागि हानिकारक हुनसक्ने भएकाले चिकित्सकहरूले मिर्गौला प्रत्यारोपण गरेका बिरामीहरूलाई संक्रमणबाट बच्न सुझाव दिने गरेका हुन्छन् । तर प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यप्रति सावधानी नअपनाएको स्पष्ट छ । यसले गर्दा उहाँलाई कुनै पनि बेला संक्रमणले दुःख दिन सक्ने सम्भावना बलियो छ ।
हुन त देशको राजनीति नै भ्रष्टाचारले संक्रमित भएको अवस्थाले पुरै देशवासीहरूलाई चिन्तित तुल्याएको अवस्था छ । यो अवस्थालाई सन्तुलनमा पु¥याउन प्रधानमन्त्रीको भूमिका महत्वपूर्ण हुने भएकाले प्रधानमन्त्री ओलीबाट राजनीतिमा सक्रियता महसुस गरिएको हुनसक्छ ।
देशमा दलीय राजनीति सुरु भएको करिब ७ दशक बितिसकेको छ । नेपालका प्रमुख राजनीतिक दलहरू सशस्त्र संघर्षबाट नै राजनीतिमा उदाएका हुन् । कांग्रेस, तत्कालीन एमाले र माओवादीले त्यस समयको शासन व्यवस्थाको विरुद्ध हतियार नै उठाएका थिए । जनताले उनीहरूलाई साथ दिए र अहिलेको अवस्थामा पु¥याएका छन् । कहिले परिस्थितिले राजनीतिक व्यक्तित्वलाई जन्म दियो भने कहिले राजनीतिक नेतृत्वले नयाँ शासनव्यवस्था ल्याउन परिवर्तनको लडाइँ लड्दै आए ।
हरेक परिवर्तनले देशमा नयाँ राजनीतिक दल र राजनीतिक व्यक्तित्वलाई जन्म दियो । पुरानो व्यवस्थाबाट आजित भएका जनताले राजनीतिक दलहरूबाट परिवर्तनको अपेक्षा गरे । विकास र समृद्धिको चाहना राखे । तर, त्यो अत्यन्त न्यून मात्र परिपूर्ति भयो । अझ भनौं नयाँ नेतृत्वले पुरानो शासक र शासनव्यवस्था फाल्नु र आफ्नो उदय हुनुको औचित्य नै साबित गर्न सकेनन् । फलस्वरूप मुलुकमा शासनव्यवस्था परिवर्तनको केही वर्षमा नै जनतामा निराशा छाउन थाल्यो, उनीहरू असन्तुष्ट भए । दलीय राजनीतिक व्यवस्थाको यो अवधिसम्ममा सबै जनताले सम्मानपूर्वक शीर झुकाउने राजनीतिक नेतृत्व औंलामा गन्न सकिने मात्र छन् ।
कुनै पनि नेतृत्वको परीक्षा तब हुन्छ, जब उसको हातमा शासनव्यवस्थाको बागडोर हुन्छ । उसले मुलुकलाई कुन दिशामा डो¥याउँछ रु देशलाई कसरी आत्मनिर्भर बनाउने योजनाहरू कार्यान्वयनमा लैजान्छ रु जनताको जीवनस्तर माथि उठाउन कस्ता योजनाहरू लागू गर्न खोजिरहेको छ रु भन्ने जस्तो मापदण्डले मात्र उसको सफलता मापन हुनसक्छ । त्यही नेतृत्व नै महान् कहलाउँछ, जसले देश र जनतालाई एउटा सुन्दर भविष्य उपहारमा दिन्छ । तर, दुर्भाग्यवश भन्नुपर्छ नेपालको राजनीतिक इतिहासमा यस्तो नेतृत्व देख्न पाइएन । यस्तो किन भइरहेको छ रु संघर्ष र क्रान्तिको समयमा देशभक्तिको अनुपम नमूना पेश गर्ने नेताहरू शासनसत्तामा पुगेपछि किन बदलिन्छन् रु यो एउटा खोजको विषय भएको छ ।
विश्वमा यस्ता थुप्रै नेताहरू छन्, जसलाई ती मुलुकका जनताले वर्षौंदेखि श्रद्धाका साथ सम्झिँदै आएका छन् । अन्य मुलुकका जनताले पनि उनीहरूलाई विकास र समृद्धिको संवाहकको रूपमा उदाहरण दिने गर्दछन् । आधुनिक सिंगापुरका लि क्वान यु हुन् वा दक्षिण अफ्रिकाका नेल्सन मण्डेला वा अहिले चीनका राष्ट्रपति सी चिनफिङ नै किन नहोऊन्, मुलुकको विकासका लागि गरेका उनीहरूका कामहरूको उदाहरण आज विश्वभर नै दिने गरिएको छ । तर, दुर्भाग्यवश भन्नुपर्छ यस्ता नेताहरू हाम्रो मुलुकमा जन्मिनै सकेनन् ।
राजनीतिक नेतृत्वहरू सत्ता सञ्चालनको हैसियतमा पुगेपछि किन असफल भइरहेका छन् रु यसमा एउटा कारण त नैतिकता, इमानदारी, र जिम्मेवारी महसूस कम हुनु नै मान्न सकिन्छ । मुलुकको शासन गर्ने अधिकार पाएपछि देश र जनतालाई स्वच्छ मनले सेवा गर्ने नेताहरूको खडेरी परेको नै मान्न सकिन्छ । कतिपयले आफ्नो पदको नै दुरूपयोग गरेका छन् । कतिपयले आफूले नै अनियमितता नगरे पनि उनीहरूको आडमा गलत काम गर्ने व्यक्तिहरूले लाभ उठाएका छन् । नेपालको शासनसत्तामा पुग्ने हरेक दलका नेतृत्वहरूले विभिन्न प्रभाव र दबाबमा परेर यस्ता नीतिगत निर्णय र कामहरू गरेका छन्, जसले देशलाई दीर्घकालीन रूपमा नोक्सानी पु¥याएका छन् । यिनै कारणले गर्दा पनि राजनीतिक नेतृत्वले जनताबाट सम्मान गुमाउँदै आएका छन् । राम्रो गर्न चाहने राजनीतिक नेतृत्व पनि यस्तै कामहरूबाट वितृष्णाको शिकार बन्दै गएका छन् ।
मुलुकको नेतृत्वमा पुगेपछि कसरी अगाडि बढ्ने भन्ने कुरामा स्पष्ट कार्यदिशा तय गर्न नसक्दा पनि धेरै राजनीतिक नेतृत्वहरू असफल भएका हुन् भन्ने बुझ्न सकिन्छ । उनीहरूले पद त पाए, तर मुलुकलाई समृद्ध बनाउने योजना ल्याउन सकेनन् । आफ्ना कामकारबाहीलाई पारदर्शी बनाउन सकेनन् । सर्वहारा वर्गलाई केन्द्रित गरेर जनताको जीवनस्तर माथि उठाउन सकेनन् । फलस्वरूप उनीहरूले पाएको अवसर खेर मात्र गयो । आफ्नै अक्षमताको कारण पटक–पटक प्रधानमन्त्री बन्ने सौभाग्य पाए पनि उनीहरूले जनताको सम्मान जित्न सकेनन् ।
प्रधानमन्त्री केपी ओलीलाई नेपालको इतिहासमै सबैभन्दा बलियो अवसर समयले दिएको छ । दुई तिहाइ बहुमतका साथ दोस्रो पटक प्रधानमन्त्री बनेका ओलीको दुई वर्ष खासै उपलब्धिमूलक हुन सकेको छैन । कमजोर स्वास्थ्य अवस्था हुँदाहुँदै पनि उहाँको आत्मविश्वास र मुलुकको कामकारबाहीमा देखाएको सक्रियता प्रशंसनीय छ । अब केवल आफ्नो उपस्थितिलाई उहाँले अवसरको रूपमा सदुपयोग गर्न जरुरी छ । नेपालको राजनीतिक इतिहासमा राजनेताको दर्जामा कुनै नेता पनि पुग्न सकेका छैनन् । प्रम ओलीले पछिल्लो समय जुन सपना जनतालाई देखाउनुभएको थियो, ती योजनाहरू कार्यान्वयनतर्फ ध्यान पु¥याउने हो भने केपी ओली नेपालको राजनीतिक इतिहासमा राजनेता बन्ने अवसर प्राप्त छ । विज्ञान र प्रविधिले सायद त्यही राजनेताको स्थानमा कमरेड ओलीलाई सम्मान गर्न कै लागि आयु थपिएको हो भन्ने विश्वासका साथ काम गर्न सक्नु भएमा नेपाली जनताले चाहे अनुसारको परिवर्तन अवश्य पाउनेछन् । जनताले ओली कमरेडलाई त साथ दिएकै हुन् तर ओलीको साथ जनताले होइन भ्रष्टहरूले मात्र पाइरहेका छन् । भ्रष्टहरूको घेराबन्दीबाट बाहिर निस्किएर जनताको विश्वास प्राप्त गर्न र जनताको चाहनालाई सम्बोधन गर्न तत्परता देखाउन सकिएन भने अवसरले पछ््याइरहने छैन ।
कमरेड ओलीलाई सम्पत्तिको कुनै लोभ गर्नुपर्ने आवश्यकता छैन भन्ने कुरा आम नेपाली जनताको बुझाइ छ । नेपाली जनताको समृद्धि नै आफ्नो समृद्धि ठानेर नेपालको अभिभावकको भूमिकामा तपाईलाई प्रस्तुत हुने अवसर प्राप्त भएको छ । यो अवसर कसैले चाहेर पनि पाउन सक्ने अवस्था छैन । तपाईमा रहेको दृढताले तपाईबाट जनता आशावादी बन्नु स्वाभाविक हो । जनताको विश्वास जित्न जनताको पक्षमा काम गर्न सक्नुपर्दछ । तर दुर्भाग्य नै भन्नु पर्दछ, तपाईको आडमा राजनीतिक आवरणका केही भ्रष्ट व्यक्तिहरू र देश लुट्न पाएका केही व्यापारीहरू मात्र तपाईको प्रशंसामा उफ्रिरहेका देखिन्छन् । पछिल्लो पटक नेपालमै ंमिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्री ओलीको निर्णय देशव्यापी रूपमा प्रशंसाको विषय बन्न पुग्यो । यही उपचार विदेशमा गरिएको भए प्रधानमन्त्री ओलीमाथि आलोचना र घृणा व्यक्त हुने थियो देशव्यापी रूपमै । राम्रो काम गर्दा जनताले प्रशंसा गर्छन् भन्ने कुराको उदाहरण यो नै प्रशस्त छ । आज भ्रष्टहरू बाहेक अरु कसैले पनि वर्तमान सरकारको शासनशैली राम्रो छ भन्ने अवस्था छैन । राजनेताको सम्मानका लागि ओली कमरेडलाई स्वागत गर्न प्रतिक्षारत नेपाली जनतालाई निराश बनाएर लुटेराहरूको स्वार्थमा आफूलाई बिसर्जित नगर्नु भए इतिहासमा केपी ओलीको नाम अविस्मरणीय बन्ने निश्चित छ । यस्तो राम्रो अवसर वर्तमान अवस्थामा कमरेड केपी ओलीलाई बाहेक अरु कसैलाई प्राप्त छैन १ आगे कमरेड ओलीलाई चेतना भया १ जनधारणा साप्ताहिकबाट


















