भारतीय सैनिक र चरमपन्थी बीच भएको भिडन्तमा १० जनाको मृत्यु

95

एजेन्सी  –  उत्तर कश्मीरको केरन क्षेत्रस्थित नियन्त्रण रेखा (एलओसी) मा भारतीय सैनिक र चरमपन्थीको एक समूहबीच भएको भिडन्तमा १० जना मारिएका छन्। मारिनेहरुमा ५ जना भारतीय सैनिक र ५ जना चरमपन्थी समूहका सदस्य छन्।

हिजाे  आइतवार साँझ भएको यस भिडन्तमा ५ जना भारतीय सैनिक मारिएका हुन्। भारतीय सञ्‍चारमाध्यमले जनाए अनुसार पाँचजना चरमपन्थी पनि मारिएका छन्।  श्रीनगरमा भारतीय सेनाका अधिकारीहरुका अनुसार कुपवाडा जिल्लामा पर्ने यस इलाकामा सेनाले ३ र ४ अप्रिलको मध्यराति घुसपैठ रोक्न अपरेशन सुरु गरेका थिए। जानकारी अनुसार पाकिस्तानबाट छिरेका चरमपन्थीहरु कुपवाडाको शमसबरीबाट भारतीय क्षेत्रमा पसेका थिए। उनीहरु पोसवालको गुर्जर ढोक इलाकामा लुकेका बताइएको छ। चरमपन्थीहरुले सेनालाई छल्दै अघि बढ्न खोजेका थिए। खराब मौसम र उच्च पहाडी क्षेत्रका बावजुद भारतीय सेनाले उनीहरुलाई रोकेको दाबी त्यहाँस्थित सञ्चारमाध्यमले गरेका छन्। त्यसपछि दुवै पक्षबीच गोलाबारी भएको थियो। जसमा सेनाका जवानसहित १० जना मारिएका हुन्। अधिकारीका अनुसार मुठभेडमा सेनाका एक जवान घटनास्थलमै मारिएका थिए। अन्य चार जवान घाइते भएका थिए, जसको उपचारका क्रममा ज्यान गएको हो। ज्यान गुमाएमध्ये दुई दुईजना उत्तराखण्ड र  हिमाञ्‍चलका थिए भने एकजना राजस्थान थिए।

सेनाका अधिकारीहरुले घाइतेहरुलाई घटनास्थलबाट लान धेरै कठिनाई परेको थियो। यहाँ हिमपात पनि भइरहेको छ। जसका कारण सडक बन्छ। अग्लो पहाडी इलाका धेरै दुर्गम भएकाले उद्धारमा समस्या भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here