कोभिड–१९ को परीक्षण वीर अस्पतालबाट पनि हुँदै

30

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९)को परीक्षण अव वीर अस्पतालबाट पनि हुने भएको छ । अस्पतालको जेनेटिक ल्यावलाई कोरोना परीक्षणका लागि प्रयोगमा ल्याउन लागिएको हो । अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले एक दुई दिनमै पीसीआर मेसिनबाट कोरोना परीक्षण हुने जानकारी दिए ।

‘हामीसँग भएको जेनेटिक ल्याबबाटै परीक्षण गर्ने हो । कोरोना परीक्षणका लागि सुरक्षासम्वन्धी थप केही सेटअप मिलाउनु पर्ने छ । यो सकियो भने सम्भवत भोलि बेलुका वा पर्सीबाट परीक्षण शुरु गर्ने छौँ,’ डा.सेन्चुरीले भने । उनले जेनेटिक ल्याबमा रहेको मेसिनबाट एकैपटकमा कम्तिमा ५ जना र बढीमा ३० जनाको परीक्षण गर्न मिल्ने जनाए । उनले परीक्षणको नेतृत्व डा.निलम ठाकुरले गर्ने जानकारी दिए । ल्याबका लागि चाहिने पीसीआर किट तथा रिएजेन्ट, ल्याबका चिकित्सक तथा प्राविधिकका लागि चाहिने व्यक्तिगत सुरक्षा सामग्री पीपीईलगायतका सामग्रीहरु वीर अस्पतालमा पुगिसकेको छ ।

यस्तै अमेरिका नेपाल हेल्थ फाउन्डेसनले डाक्टरहरुलाई जोगिएर नमूना संकलन गर्न सकिने फ्रेमसमेत उपलव्ध गराएको छ । यो नेपाली बैज्ञानिक महावीर पुनले बनाएको फ्रेम हो । हिजो बुधबार फाउन्डेशनका तर्फबाट अध्यक्ष डा.भुपेन्द्रकुमार बस्नेतले सो फ्रेम अस्पताललाई हस्तान्तरण गरेका थिए । कोरोना भाइरसको परीक्षण अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगै देशका विभिन्न १० स्थानमा रहेका प्रयोगशालाबाट हुँदै आएको छ । वीरले सेवा शुरु गरेपछि प्रयोगशालाको संख्या ११ पुग्नेछ । त्यसो त यसअघि नै उपत्यका बाहिरका विभिन्न ठाँउमा ल्याव सञ्चालनमा आइसक्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् । सरकारले पीसीआर र रयापिड टेष्ट विधिबाट कोरोना परीक्षणलाई तीब्रता दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here