एजेन्सी – कोरोना भाइरसका कारण मर्नेको संख्या अमेरिकामा ३० हजार नाघेको छ। बुधबारसम्म त्यहाँ मृतकको संख्या ३० हजार ८ सय पुगेको रोयटर्सले जनाएको छ।
अमेरिकाभर बुधबारमात्र दुई हजार ३ सय ७१ जनाको ज्यान गएको छ। कोरोना भाइरसका कारण विश्वमा सबैभन्दा बढी प्रभावित मुलुक हो। यसैगरी संक्रमित संख्या ६ लाख ३६ हजार ६ सय ४ पुगेको रोयटर्सले उल्लेख गरेको छ।


















