लाइफको सूचनामूलक सामाग्री घरमै बनाइयो

19
काठमाडौं – कोरोना भाइरस विश्व भरि एक महामारीको रुपमा फैलिरहेको छ । नेपाल सरकारले नेपाली नागरीकको स्वास्थ्य सुरक्षाको संवेदनशीलतालाई दृष्टिगत गर्दै श्रृङ्खलाबद्ध रुपमा महत्वपूर्ण निर्णयहरु लिइरहेको छ ।
सन्त्रास र संकटको यस घडीमा लाइफ इन्स्योरेन्स कम्पनी नेपालले आफ्नो ग्राहकहरुलाई लकडाउनको पालना गरि घरमै बस्न आग्रह गरेको छ । साथै जीवन बिमाको प्रिमियम शुल्क तिर्नुपर्ने भएमा लकडाउन पूर्णरुपमा खुले पछि मात्र तिर्न सूचित गरेको छ । लकडाउन पछि तिर्दा ढिलो तिरे बापत लाग्ने जरिवाना तिर्न नपर्ने कुरा पनि जानकारी गराएको छ ।
सोही क्रममा लाइफ इन्स्योरेन्स कम्पनी नेपालले आफ्नो विज्ञापन एजेन्सीको साथमा महामारी सम्बन्धी सूचनामूलक टेलिभिजन विज्ञापन प्रकाशित गरेको छ । महामारीको समयमा रहेको जिवनशैली र कम्पनी नेपालले दिएको सुविधाहरुलाई प्रकाश पारिएको सो विज्ञापन केबल मोबाइल फोन प्रयोग गरि बनाइएको हो । लाइफ इन्स्योरेन्स कम्पनी नेपालले आफ्नो यो सामाग्रीमार्फत सबैलाई नियम र कानून कडाइका साथ पालना गर्न प्रोत्साहन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here