जिप्रकाले उपत्यका प्रवेशमा कडाई

284

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका भित्र आउने र बाहिरिनेका लागि अनिवार्य पास लिनुपर्ने व्यवस्था गरेको छ। आइतबार सूचना जारी गर्दै जिप्रका काठमाडौंले उपत्यकाबाट बाहिर जानेले अत्यावश्यक कार्यका लागि प्रयोजन खुल्ने विवरण पेस गर्नुपर्ने व्यवस्था गरेको हो।

जिप्रका काठमाडौंले जेठ २८ मा बसेको मन्त्रिपरिषद्को निर्णय र ३० गतेको गृहको निर्देशनअनुसार उक्त सूचना प्रकाशित गरेको हो। व्यक्तिगत प्रयोजनका लागि प्रयोजन खुल्ने कागजसहितको निवेदन, सरकारी वा संस्थागत कामका लागि सम्बन्धित संस्थाको सिफारिस सहितको निवेदन जिप्रका काठमाडौंमा पेश गर्नुपर्ने छ।

त्यस्तै, काठमाडौं प्रवेशका लागि काठमाडौंको जुन नगरपालिकामा बस्ने हो सोही नगरपालिकाले प्रवेशको लागि दिएको अनुमतिपत्रसहित यात्रा सुरु गर्ने जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

जिल्ला प्रशासन कार्यालयहरुबाट अनुमति माग गरी जिप्रका काठमाडौंमा पत्र प्राप्त भएपछि संक्रमण विश्लेषण, यात्रा औचित्यलाई पुष्टि हुने कागजात भएमा पास जारी गर्न सकिने जिप्रका काठमाडौंले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here