काठमाडौं / सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार गर्ने निर्णय गरेसंगै विदेशबाट नेपालीको आउने क्रम जारी छ ।
श्रम मन्त्रालयका अनुसार विहीबार कुवेत, ओमान र मलेसियाबाट ३ सयभन्दा बढी नेपाली आज आउन लागेका हुन्
कुवेतमा आममाफी पाएका १५० जना, ओमानबाट १८० र मलेसियाबाट पनि केही नेपाली आउँन लागेका हुन् ।
कुवेतबाट नेपालीलाई लिएर जजिरा एयर काठमाण्डौ आउनेछ । ओमानबाट सलाम एअरको चार्टर्ड उडानमार्फत १८० नेपाली स्वदेश फर्कने छन् भने मलेसियाबाट हिमालय एयरलाइन्सको चार्टर्ड उडानमार्फत नेपालीहरू स्वदेश फर्कने छन्।
सरकारले यही जेठ २३ गतेबाट विदेशमा रहेका नेपालीको उद्धार सुरू गरेसँगै कुवेतमा रहेका नेपाली पनि स्वदेश फर्कन लागेका हुन् ।


















