कोरोनाको भन्दा सरकारको त्रास बढी देखिन थालेको छ

87

काठमाडौं – बाग्मती प्रदेशका विपक्षी दल काँग्रेसका संसदीय दलका नेता इन्द्र बाँनियाले अहिले कोरोनाको भन्दा सरकारको त्रास बढी देखिन थालेको जनाएका छन् ।

 युवाहरुको आन्दोलनप्रति लक्षित गर्दै उनले भने, “अति भएपछि जनता सडकमा आएका हुन ।”
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई देखाएर तर्साउने र अनधिकृत रुपमा असुली गर्ने रणनीति सरकारले अप्नाएको दावी गरेका हुन् ।
उनले सरकारको गलत नियतलाई कांग्रेसले प्रतिकार गरेर सफल हुन नदिने चेतावनीसमेत दिएका छन् । नेकपा नेतृत्वको सरकार आर्थिक अनुशासनभन्दा धेरै बाहिर गएको उनको भनाई छ ।
पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता बाँनियाले निजि क्षेत्रको आर्थिक कारोवारलाई नियन्त्रणमा लिन अख्तियारलाई त्यसको अनुसन्धान र कारवाही गर्ने जिम्मा दिन लागेको बताए । उनले अख्तियारलाई नयाँ जिम्मेबारी दिनेगरी गलत नियतका साथ ल्याउन लागेको विधेयक सरकारले फिर्ता नलिए कांग्रेसले सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बाँनियाले भने,‘बजेटमा निजि क्षेत्रलाई केहि छैन, उल्टै कारवाही गर्छु भन्नु निजि क्षेत्रलाई त्रसित बनाएर असुली गर्ने रणनीति हो, यो विधेयकको अहिले आवश्यकता छैन, अख्तियारलाई यो अधिकार दिनुहुदैन ।’
बाग्मती प्रदेश सरकारले ल्याएको बजेटलाई हावादारी र अव्यवहारिक भएको भन्दै विपदको समयमा ५१ अर्बको बजेट बनाउनु अर्थहिन भएको उनको टिप्पणी रहेको छ । अहिलेको राजश्वले चालु खर्च पनि धान्ने अवस्था नरहेकाले अधिकांश कार्यक्रम कार्यान्यन नहुने नेता बाँनियाले दाबी गरे।
उनले कांग्रेसले प्रदेश सभाका सांसदले पउने सुविधा ३३ प्रतिशत घटाउन सुझाव दिएको तर, सरकारले उल्टो सुविधा थपेर बजेट ल्याएको दावी गर्दै कोरानाले आर्थिक र सामाजिक क्षेत्रमा पारेको प्रभावलाई बजेटले कम गर्ने प्रयास नगरेको आरोप लगाएका छन्। फोस्रा आश्वासन मात्रै बाड्दै आएको सरकारले जनतालाई पशु भन्दा पनि तल्लो तहमा राखेको उनको भनाई छ ।