बर्दिया – गेरुवा गाउँपालिका-४ बिन्द्रास्थित गेरुवा नदीले बगाएर सोही गाउँपालिका-५ सुखाड बस्ने ३५ वर्षीय काली चरण चौधरीको आइतबार दिउँसो मृत्यु भएको छ । सोही नदीबाट दाउरा तान्ने क्रममा नदीले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी
कार्यालय पाताभारबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा गेरुवा गाउँपालिका-६ गुप्तिपुरस्थित नदीको किनारमा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















