काठमाडौं – अनलाइनबाट पढाइ हुने र परीक्षा सञ्चालन गर्ने व्यवस्था गरेको नेपाल खुला विश्वविद्यालयले हालसम्म परीक्षा सञ्चालन गर्न सकेको छैन । करिब १ हजार ६ सय विद्यार्थी अध्ययन गरिरहेकोे विश्वविद्यालयले सेमेस्टर प्रवेश परीक्षा सञ्चालन गर्न नसकेपछि आलोचना बढेको छ ।
प्रवेश परीक्षा लिन नसकेपछि डीन प्राडा शिलु मानन्धर वज्राचार्यले सोही दिन सूचना प्रकाशित गरी एमबीए र एमएसडीएमजीको प्रवेश परीक्षा स्थगित भएको जनाएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।


















