कैलाली – कैलालीमा बलात्कार गरेको आरोपमा प्रहरीले एक अधिकृतलाई पक्राउ गरेको छ ।
जिल्लाको जोशीपुर गाउँपालिकामा कार्यरत अधिकृत भानुभक्त उपाध्यायलाई प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको हो । एक महिला कर्मचारीले आफू बलात्कृत भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।
भदौ १९ गते उपाध्यायले बलात्कार गरेको महिलाले आरोप लगाएकी छन् । उजुरी दर्ता भएपछि शनिवार उपाध्यायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीमाथि जबरजस्ती करणीमा मुद्दासमेत दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्ष प्रतिक बिष्टले मुद्दा दर्ता भइसकेको र थप अनुसन्धान जारी रहेको जनाए ।

















