काठमाडौं – बुधबार उकालो लागेको सुनको मुल्य बिहीबार ओरालो लागेको छ । आज सुन तोलामा २०० रुपैयाँले घटेको हो । बिहीबार छापावाला सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधवार सुनको मुल्य तोलामा ५०० रुपैयाँले बढेर ९४ हजार ७ सयमा खरिद बिक्रि भएको थियो । यस्तै चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेको छ ।
आज चाँदीको मुल्य प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मुल्य बढेर १ हजार १९० रुपैयाँ पुगेको थियो


















