उपत्यकामा एकैदिन १६१५ कोरोना संक्रमित थप

44

काठमाडौं- काठमाडौं उपत्यकामा आज एकै दिन  १६ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । देशभर २३  सय ६४  जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  १६ सय १५ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनामा ९  हजार  ७ सय   ६९ जनाको पिसीआर परिक्षणमा २३  सय ६४ जनाको रिर्पोट पोजेटिभ आएको हो ।

त्यसैगरी आज २४ घन्टामा ३०३८ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या  १ लाख २४ हजार   ८ सय  ६२ रहेको छ । देशभर कुल संक्रमितको सख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ । आज काठमाडौं उपत्यकामा थपिएका १६ सय १५ जना मध्ये ७०४ महिला र ९११ पुरुष रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here