डबल नेकपाको सचिवालय बैठक स्थगित् नहुने

147

काठमाडौं – भोलि अपरान्ह १ बजे तय भएको डबल नेकपाको सचिवालय बैठक स्थगित् नहुने भएको छ । यसअघि पार्टीका महासचिव विष्णु प्रसाद पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर भोलिको सचिवालय बैठक स्थगित् गर्नेबारे प्रस्ताव राखेका थिए । तर, दाहालले जवाफमा कुनैपनि हालतमा बैठक नराक्ने अडान राखेका थिए । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक राख्नको लागि आफ्नो तर्फबाट प्रयास गरेका छन्  ।

यसअघिकोसचिवालय बैठकमा दाहालले पेश गरेको १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदनले नेकपाभित्र खैलाबैला मच्चिएको छ । ओली पक्षधर नेताहरुले दाहालको प्रस्तावलाई गैरराजनीतिक र अवैधानिक प्रस्तावको संज्ञा दिएका छन् । र, उक्त प्रस्ताव फिर्ता नलिएसम्म बैठक नै नबस्ने चेतावनी दिएका छन् । तर, अध्यक्ष दाहालसहित सचिवालयका बहुमत सदस्यहरु माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले भने कुनैपनि हालतमा भोलिको सचिवालय बैठक नरोक्ने स्पष्ट पारेका छन् । त्यतिमात्रै होईन, दाहालले सचिवालय बैठकमा पेश गरेको प्रतिवेदनमा आफूहरुको पनि सहमति रहेको सचिवालयका ४ सदस्यहरुको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here