प्रचण्डको राजनीतिक अवसान उन्कै क्रियाकलापले संकेत गरिरहेको छ !

200

—प्रीति रमण 

नेपालको राजनीति अप्रत्यासित रुपमा विकसित भइरहेको छ । प्रचण्डले भनेभैंm उनी जता जान्छन् त्यही पार्टी विभाजन भइरहेको छ । हुनत पार्टी विभाजन हुनुमा  प्रचण्डको मात्र दोष नहुन सक्छ तर पनि यस पटक सत्तासीन नेकपा विभाजित हुनुमा प्रचण्डमा विकसित भएको कुर्सी मोह मुख्य कारणका रुपमा देखिएको छ । प्रचण्डमा रहेको कुर्सी मोहले गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेका छन् । विशेष गरेर आफूलाई प्रधानमन्त्री र संसदीय दलको नेता दुवै तर्फबाट हटाउने जानकारी पाएपछि  ओलीले आफ्नो कुर्सी बचाउनका लागि गर्नु पर्ने सबै उपायहरु अवलम्बन गर्दा पनि कुर्सी धरापमा पर्ने अवस्था विकसित भएको अवस्थाले उनलाई संसद विघटनको बाटो अवलम्बन गर्न बाध्यता आइपरेको बुझ्न सकिन्छ ।

संसद विघटनमा अरु जुनसुकै कारण भनिएपनि कुर्सीको झगडा हो भन्ने कुरा स्पष्ट छ । बाह्य रुपमा हेर्दा भारतीय खुफिया एजेन्सी रअका प्रमुख सेमन्तकुमार गोयल आइसकेपछि संसद विघटनको योजना बनेको  जस्तो देखिन्छ ।  तथापि भारतको कारणबाट भन्दा नेपालको आन्तरिक कारणबाट संसद विघटनको परिघटना विकसित भएको स्पष्ट हुन्छ । भारतका नेपाल मामिला विज्ञ भनेर चिनिने एसडीमुनिले नेपालको संसद विघटन घटनाबाट चीनलाई  एक धक्का भएको  र  भारतको सफलता भएको भनेर  आफ्नो ट्वीटमा लेखेका छन् । पछिल्लो पटक  नेपालमा चिनीया टोलीको अकस्मात भ्रमणले भने मुनिको भनाईलाई पुष्टि गरे झैं देखिएको छ । चीन र अमेरिकाको द्वन्द टकराई रहेको अवस्थामा नेपाल मामिला सतहमा देखिएको छ । नेपालको सवालमा भारत र चीन जहिले पनि प्रतिस्पर्धीका रुपमा देखिने गरेका छन् । चीनले नेपालको अहितमा कुनै काम गरेको हालसम्म पाइएको छैन । तर भारतले नेपालमाथि गर्न खोज्ने कुनै पनि किसिमका हस्तक्षेप माथि चीनले विरोध नजनाए पनि भारतीय चाहनालाई अवरोध पु¥याउने काम भने गर्दै आएको पाइन्छ । यही कारणले नै नेपाल माथि भारतले चाहेजस्तो हस्तक्षेप गर्न सकेको  छैन ।

प्रधानमन्त्री केपी ओली स्पष्ट रुपले अमेरिकी पक्षमा उभिएका छन् । इण्डो प्यासिफिक सैन्य रणनीति अन्तर्गतको एमसीसी परियोजनालाई नेपालमा संसदको दुई तिहाई बहुमतबाट पारित गराउने अमेरिकाको योजनालाई लावारिस बनाउने गरी प्रतिनिधि सभा विघटन गर्ने काम ओलीबाट भएको छ । यो घटनाले भने ओलीको अमेरिका परस्त भनिएको गतिविधिमाथि प्रश्न खडा भएको छ ।

भारतीय सत्तापक्षले नेपालका सत्तासीन माथि आफ्नो पकड जमाउन खोज्नु सामान्य कुरा हो । नेपालका जुनसुकै दलका नेताहरुलाई भारतले आफ्नो पकडमा लिइरहेको पाइन्छ । भारतको चाहना विपरित नेपालका कुनै पनि नेताहरुले निर्णय लिन सकेको पाइदैन । यस्तो अवस्थामा प्रधानमन्त्री केपी ओलीले भारतको चाहना विपरित प्रतिनिधि सभा विघटन गरे होलान् भनेर मान्न पनि सकिदैन ।

प्रचण्ड कित्तामा उभिएका माधव नेपाल पनि विभिन्न कालखण्डमा भारतका शुभचिन्तकका रुपमा आपूmलाई उभ्याउँदै आएका छन् । नेपालले पनि भारतीय खुफिया एजेन्सी रअको मिसनमा भूमिका निभाउँदै आइरहेका थिए । यो कुरा महाकाली सन्धीबाट प्रष्ट भएको हो । महाकाली सन्धीमा माधव नेपालले केपी ओलीलाई समेत उछिनेर भारतको हितमा निर्णय गराएका थिए । तत्कालीन नेकपा एमालेका महासचिवको जिम्मेवारीमा रहेका नेपालले एमाले पार्टीलाई भारतको स्वार्थमा लम्पसार गराएको पहिलो घटनाका रुपमा महाकाली सन्धीको घटनालाई लिन सकिन्छ ।

यस पटकको सत्तासीन पार्टी विभाजनको घटना र महाकाली प्रकरणमा नेकपा एमाले विभाजनको घटनालाई मुल्यांकन गर्दा केही फरक अनुभव गर्न सकिन्छ । महाकाली सन्धीमा भारतको स्वार्थका कारण एमाले पार्टीलाई विभाजन गराइएको थियो । महाकाली सन्धी पास गर्ने कुरामा नेकपा एमालले असहमति जनाएको भए  पार्टी विभाजन हुने थिएन ।  उक्त महाकाली सन्धीबाट नेपालको हित पनि भइरहेको थिएन । उक्त सन्धी भएको २३ वर्ष वितिसक्दा पनि सन्धी कार्यान्वयनमा आउन सकिरहेको छैन । यसैबाट पनि भारतीय शासकहरुको नियत बुझ्न सकिन्छ । महाकाली नदीमा आफ्नो हक स्थापित गरेर उक्त परियोजनालाई अलपत्र पार्ने भारतको नियत अनुसार महाकाली सन्धी गरिएको थियो भन्ने कुरा बुझ्न सकिन्छ । स्मरणीय छ महाकाली सन्धीमा केपी ओली भन्दा पचास गुणा दोषी माधव नेपाल देखिन्छन् ।

 यस पटकको पार्टी विभाजनमा पनि माधव नेपालको ठूलो भूमिका देखिएको छ । प्रचण्डले माधव नेपाल मार्फत  आपूmमाथि भारतीय सत्तापक्षको निशाना भइरहेको कुरा बुझ्न सकिरहेका छैनन् । प्रचण्ड पहिलो पटक प्रधानमन्त्री भएका बेला घटेको कटवाल प्रकरणको घटनामा माधव नेपाल नै निर्णायक थिए भन्ने कुरा प्रचण्डले बुझ्न सकेनन् । प्रचण्डलाई  युद्धकालको अपराधबोधले सताएको देखिन्छ । कुन कित्तामा पुगेर आफ्नो ज्यान सुरक्षित हुन्छ भन्ने बाहेक अरु चिन्ता प्रचण्डलाई भएको देखिदैन । आफ्नो कित्ताबाट माधव नेपालमार्फत् यस पटक पनि भारतीय सत्तापक्ष  खेलिरहेको अन्दाज प्रचण्डले गर्न सकेका छैनन् । यो घटनाबाट प्रचण्डको अदुरदर्शिता पुष्टि हुन्छ ।

प्रचण्डमा राजनीतिक सोचको अभाव महशुस गर्न सकिन्छ । माओवादी युद्धकालका घटनाहरुलाई लिएर विश्लेषण गर्ने हो भने प्रचण्डलाई पीडित नेपाली जनताले फाँसीसम्मको सजाय पनि कम हुने ठान्दछन् । सत्र हजार नेपालीको रगत बगाइएको कथित जनयुद्धले परिणाम के दियो ? प्रचण्डले यस्को जवाफ खोज्ने प्रयास गर्न नसक्नु उनको अपराधिक मानसिकताको परिचय हो । यो चरित्रले उनको राजनीतिक अवसानलाई पछ्याइरहेको स्पष्ट हुन्छ । -जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here