शंखमुलमा चितुवाको छाला बेच्न लाग्दा तीन पक्राउ

116

काठमाडौं- चितुवाको छालासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चितुवाको छालासहित तीन जनालाई शंखमुलबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा दोलखाको जिरी नगरपालिका–३ घर भई बौद्ध बस्ने २८ वर्षीय अर्जुर जिरेल, सोही ठाउँका ४८ वर्षीय जयबहादुर जिरेल र कैलालीको धनगढी नगरपालिका–७ घर भएका २२ वर्षीय राज कडेल छन्।

चितुवाको छाला किनबेच हुन लागेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनालाई कारबाहीका लागि वन कार्यालय काठमाडौं पठाइएको परिसरले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here