नेपाली टोलीद्वारा पहिलोपटक केटु पर्वत आरोहण गरेर कीर्तिमान

189

काठमाडौं । नेपालको आरोहण टोलीले विश्वको दोस्रो अग्लो शिखर माउन्ट केटुको सफल आरोहण गरेका छन् ।

८ हजार ६ सय ११ फिट उचाइ रहेको छोगोरी समेत भनिने केटु पर्वत पाकिस्तान र चीनको सीमामा अवस्थित छ ।

नेपालका छाङदावा शेर्पा नेतृत्वको आरोही टोली पहिलोपटक केटु पर्वत आरोहण गरेर कीर्तिमान राख्न सफल भएको हो । टोलीमा १० सदस्य रहेका थिए ।

शेर्पाको टोली शनिवार स्थानीय समय अनुसार साँझ ५ बजे केटु पर्वतको शिखरमा पुग्न सफल भएको थियो ।

विश्वमा सबैभन्दा कठीन मानिएको केटु पर्वतको आरोहण हिउँदे सिजनमा गरेर नेपाली टोलीले अर्को कीर्तिमान समेत रचेका छन् ।

यो विश्वकै पर्वतारोहण क्षेत्रका लागि ठूलो उपलब्धी भएको शेर्पाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here