भारतमा एक केजी तरकारीको मूल्य १ लाख मात्र !

159

नयाँदिल्ली। भारतको बिहार राज्यको औरंगाबादका एक जना किसानले एउटा यस्तो तरकारी खेती शुरु गरेका छन् जसको मूल्य अन्तरराष्टिय बजारमा एक लाख भारु प्रतिकिलो रहेको छ ।

यो तरकारको नाममा हो होप सुट्स । यो खानाले स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । जर्मनीमा यो खेतीको पहिलोपटक शुरुआत भएको भन्दै इन्डियन एक्सप्रेसले आफ्नो अनलाइन संस्करणमा समाचार छापेको छ ।

भारतका एक जना आईएस अफिसरले बिहीवार सवैभन्दा मंहगो र अनौठो उक्त तरकारीको तस्वीर सामाजिक सञ्जालमा ट्वीटरमा तस्वीर शेयर गरेपछि यसको यतिखेर सर्वत्र चर्चा परिचर्चा भइरहेको छ ।

उनले यसको साथै होप सुट्सको पहिलो पटक भारतमा खेती गर्ने प्रमाणपत्र तह उत्तिर्ण ३८ वर्षिय किसान अमरेश सिंहको तस्वीरसमेत शेयर गरेकि छन् । यतिखेर उक्त तस्वीर सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ ।

आईएस अफिसर सुप्रिया साहुका अनुसार यो खेती भारतीय किसानको लागि गेम चेन्जर सावित हुन सक्छ । कृषक अमरेश सिंहले काशीस्थित भारतीय सब्जी रिसर्च इष्टिच्यूटको कृषि विज्ञको रेखदेखमा यो खेतीको शुरुवात गरेका हुन् । उनले शुरुवात रुपमा पाँच कट्ठा जग्गामा उक्त खेती गरेका छन् ।

होप सुट्सको प्रयोग गरेर बनाएको औषधीले क्षयरोगको उपचार हुने बताइएको छ । यसको अलावा यसको फूलबाट रक्सी पनि बनाउन सकिनेछ । त्यसैगरी यसको डाँठ तरकारीका लागि प्रयोग गर्न सकिन्छ ।

यसको खासगरी यूरोपियन मुलुकमा अत्याधिक माग रहेको छ । जर्मनी,ब्रिटेन, आयरल्याण्ड, स्कटल्याण्ड लगायतका मुलुकका नागरिकले यसको तरकारी प्रयोग गर्न अत्याधिक रुचाउने गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यो तरकारीमा एण्टिबायोटिक अत्याधिक मात्रामा पाइने बताइएको छ ।

यसको सेवन गर्नाले दाँतको दुखाई कम हुने तथा क्षयरोगको विरामीका लागि पनि लाभदायक हुने बताइएको छ । यसको प्रयोग तरकारी खान, काँचै खान, सलादको रुपमा प्रयोग गर्न तथा अचार बनाउन पनि सकिने बताइएको छ । एजेन्सीहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here