कमलपोखरीलाई ‘ऐतिहासिक साँस्कृतिक सम्पदा होइन’ भनि धृष्टता

396

काठमाडाैं । केही मिडिया र सम्बन्धित निकायहरुले थँवहिलको कमलपोखरीलाई ‘ऐतिहासिक साँस्कृतिक सम्पदा होइन’ भनि प्रमाणित गर्न धृष्टता गरिरहेको समाचार प्राप्त भएकाे छ ।

मुद्दा लम्ब्याउन र गुठीयारहरुबीच फाटो ल्याई त्यसभित्र चलखेल गर्न खोजिरहेका एक स्राेत जनाएकाे छ ।  यस्तैमा सिंहसार्थ वाहु गरुड भगवान गुठीले कमलपोखरी बारेमा छाँयादेवी कम्प्लेक्सले २०७७÷४÷१२ गते गरेको लिखित प्रश्नको जवाफमा काठमाडौं जिल्ला अदालतमा २०६२÷३÷१६ गते अम्बिका राणा र ५ जना गुठीयारहरुबीचको मिलापत्रलाई प्राथमिकता दिई २०३३ पौष ३ गते सर्वोच्च अदालतमा भएको मिलापत्र सहितको पैmसलालाई उल्लेख गरेतापनि गलत अर्थ लगाउने कोसिस गरेर छाँयादेवी कम्प्लेक्सलाई पत्रद्वारा २०७७÷६÷२७ गते क्लिन चिट दिएको भन्ने भ्रामक हल्ला पैmलाएको छ ।

सिंहसार्थ वाहु गरुड भगवान गुठी अन्तर्गतको सबै चलअचल सम्पत्ति र सम्पदाहरुको संरक्षणका लागि गुठी संस्थानमा गुठी संस्थान ऐन २०३३ बमोजिम सम्पूर्ण अधिकार सरिसकेको छ । त्यसैले सिंहसार्थ वाहु गरुड भगवान गुठीले ती सबै चलअचल सम्पत्ति र सम्पदाहरुको गुठी संस्थान मातहतमा रहेर रेखदेख वा ब्यवस्थापन मात्र गर्न पाइन्छ । कसैसित मिलापत्र वा किनबेच गर्ने कुनै पनि किसिमको अधिकार छैन ।

फेरि सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई असर पार्ने मनसायले क्लिन चिट दिने र लिने गर्नु कानूनी रुपमा अदालती प्रक्रियालाई नै चुनौती दिए सरह हुन जान्छ । चकँ द्यःका सन्ततिहरुले न्याय के हो अन्याय के हो आज नबुझे पनि आउँदा दिनमा अवश्य बुभ्mने छ भन्ने आत्मविश्वासका साथ शान्तिपूर्ण रुपमा लडिरहने सम्पदा अभियन्ताहरूले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here