१४ जिल्ला किन कोरोना जोखिममा?

78

काठमाडौं । सीमावर्ती प्रवेश बिन्दुमा गरिएको परीक्षण र बालबालिकासहित चलायमान उमेर समूहमा देखिएको कोरोना संक्रमणदरले १४ जिल्लालाई उच्च जोखिममा सूचीकृत गरेको छ। हेलचेक्र्याइँका साथै विद्यालयमा पठनपाठन नियमित गर्ने वा बन्द गर्ने विषयमा सरोकारवाला निकाय र स्थानीय तहबीच समन्वय हुन नसक्दा संक्रमितको संख्या ह्वात्तै बढेको छ।

पीसीआर परीक्षण संख्याको १५.१ प्रतिशतमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमितको ४१।६ प्रतिशत काठमाडौं उपत्यकामा देखिएको छ। पछिल्लो २४ घण्टामा ६ हजार १ सय ५८ जनामा पीसीआर र एन्टिजेन परीक्षण गर्दा ९ सय जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

एक महिनायता सीमावर्ती बिन्दुमा गरिएको एन्टिजेन परीक्षणमा सबैभन्दा बढी सुदूरपश्चिमका प्रवेश बिन्दुमा कोरोना भाइरसको पोजिटिभ केस पाइएको छ। त्यस्तै एक महिना अवधिमा कञ्चनपुरस्थित त्रिनगर हेल्थ डेस्कमा गरिएको परीक्षणमा ५ सय ४८ जनामा पोजिटिभ पाइएको छ। पछिल्लो २४ घण्टामा ४७ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here