बाँके । नेपालगंज उपमहानगरपालिका-१५ हड्डी चोकबाट ११ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित भारत बहराईज थाना रुपैडिया बस्ने १८ वर्षीय २ जना किशोरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त पदार्थ सहित फेला पारी पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ। ।

















