काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जनाएअनुसार उनले अपरान्ह ४ बजे सम्बोधन गर्नेछन् ।
सम्बोधन समसामयिक विषयमा हुने थापाले बताएका छन् ।
सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहेको छ । बजेटको पूर्वसन्धामा ओलीले गर्न लागेको सम्बोधनलाई चाँसोका साथ हेरिएको छ ।


















