बीस थान अक्सिजन कन्सनट्रेटर एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्रलाई सहयोग

167

काठमाडौं । बाप्स स्वामिनारायण संस्था युकेले एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्रलाई २० थान अक्सिजन कन्सनट्रेटर सहयोग गरेको छ।

कोरोनाका बिरामीहरुको उपचारका लागि भन्दै उक्त संस्थाले एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्रलाई २० थान अक्सिजन कन्सनट्रेटर सहयोग गरेको हो। केन्द्रले उक्त २० थान  अक्सिजन कन्सनट्रेटर २० वटा जिल्लाका विभिन्न अस्पतालमा एक÷एक थान वितरण गर्ने केन्द्रका अध्यक्ष सुमन थापाले जनाए ।

रोल्पा, हुम्ला, रसुवा, डोल्पा, बागलुङ्ग, बर्दिया, गुल्मी, सप्तरी, बैतडी, प्युठान, कालिकोट, तेह्रथुम, मुगु, धनकुटा, ओखलढुंगा, उदयपुर, बाजुरा, ताप्लेजुङ र पूर्वी रुकुममा एक/एक थान अक्सिजन कन्सनट्रेटर पठाइने केन्द्रले जनाएको छ। अक्सिजन कन्सनट्रेटरको आवश्यक भएको जिल्लाको छनोट गरेर नै पठाउन लागिएको अध्यक्ष थापाले जानकारी दिए।

उक्त सामग्री उपलब्ध गराउनका लागि मनिषा कोइरालाले समन्वय गरेकी थिइन्। ग्रामीण भेगका मानिसहरुलाई सोही स्थानमा स्वास्थ्य सेवा पुगोस् भन्ने आफ्नो उद्देश्य रहेको उनको धारणा छ। कोभिड १९ का बिरामीका लागि अक्सिजन कन्सनट्रेटर आवश्यक भएकाले सहयोगका लागि समन्वय गरेको उनले जनाइन्।

गरिब असाह्य बिरामीहरुको स्वास्थ्य परीक्षणलाई सर्वसुलभ र सस्तो सेवा प्रदान गर्ने उद्देश्यका साथ एक एक पाइला नामक गैर सरकारी संस्थाले सामुदायिक स्वास्थ्य केन्द्रबाट सेवा दिन सुरु गरेको हो। उक्त सामुदायिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य क्षेत्रका विभिन्न चिकित्सकहरुले सेवा दिने गरेका छन्।

यस केन्द्रबाट सर्वसुलभ विशेषज्ञ सेवा प्रदान गर्न र आवश्यक परेको बेला उपत्यका भित्रका सुविधा सम्पन्न अस्पतालहरुमा रेफर समेत गर्ने गरिएको संस्थाले जनाएको छ। उक्त संस्थाले नेपालको विभिन्न ग्रामीण क्षेत्रमा पुगी स्वास्थ्य शिविरबाट सेवा दिदै आएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here