कांग्रेस पौडेलपक्षकाे बैठक जारी

96

काठमाडौं- कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षका सभापतिका आकांक्षी नेताहरुको बैठक बसिरहेको छ।

बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा सभापतिमा दाबी गर्ने नेताहरुको बैठक एक घन्टादेखि जारी रहेको बताइएको छ। आफ्नो समूहबाट सभापतिमा साझा उम्मेदवार दिने विषयमा छलफल गर्नका लागि उक्त समूहको बैठक बसेको हो। बैठकमा क्रियाशील सदस्यताको विवादका विषयमा पनि छलफल हुने भएको छ।

बैठकमा वरिष्ठ नेता पौडेलसहित महामन्त्री डा शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा शेखर कोइराला लगायत सहभागी रहेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here