एसपिपी अस्वीकार गर्दै अमेरिकालाई पत्र लेख्ने सरकारको निर्णय

119

काठमाडौं । नेपालले अमेरिकासँग हुन लागेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई अस्वीकार गर्ने निर्णय गरेको छ।

विवादित एसपीपीसंसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले पनि एसपिपीमा सहभागी नहुनेबारे औपचारिक पत्र लेख्न निर्देशन दिएको थियो। सम्झौतालाई अस्वीकार गर्नुपर्ने आवाज चौतर्फी उठेपछि सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त सम्झौतामा सहभागी नहुने औपचारिक निर्णय गर्ने गरेर अमेरिकालाई पत्र लेख्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।अमेरिकाले प्रस्ताव गरेको मस्यौदाअनुसार अघि बढ्दा नेपालको असंलग्न परराष्ट्र नीति विपरीत सैन्य गठबन्धनमा आबद्ध हुन सक्ने आवाज चर्को रुपमा उठेपछि सरकार अघि नबढ्ने निष्कर्षमा पुगेको हो।

२०७२ सालको भुकम्पपछि नेपालले मानविय र विपद् जोखिम न्यनुनिकरणका लागि एसपिपीमा आबद्ध हुन निवेदन दिएको थियो। तर अहिले उक्त सम्झौतालाई अमेरिकाले सैन्य रणनीतिसँग जोडेर अघि बढाएपछि नेपाली सेना, राजनीतिक दल एवं बुद्धिजिवीहरुको सुझावका आधारमा सकार पछि हट्न तयार भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here