कसले आगजनी गरेको भन्ने खुलेको छैन। वडा अध्यक्ष गंगाराम सुनारका अनुसार आगजनी गर्नेविरूद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने तयारी गरिएको छ। ‘को हो भनेर अहिले भन्न भएन, अहिलेसम्म पक्राउ पनि परेको छैन,’ अध्यक्ष सुनारले भने, ‘प्रहरीमा म जाहेरी दिन जाँदैछु, त्यसपछि प्रहरीले पक्राउ गर्ला।’
उनका अनुसार वडा अध्यक्षको कार्यकक्षका कुर्ची, टेबुल, सोफालगायत सबै सामान र कागजात जलेका छन्। राजश्व फाँट र कम्प्युटर कक्षका विद्युतीय तार काम नलाग्ने गरी जलेको उनले जानकारी दिए। ‘बिहान कोपिला भ्यालि स्कुलको कार्यक्रम भएर म त्यहाँ अतिथिका रूपमा गएको थिएँ, १० बजेर ४ मिनेटमा मेरो अफिसकै ल्यान्डलाइनबाट फोन आयो,’ अध्यक्ष सुनारले भने, ‘उहाँले कार्यालय समय भयो तपाईं किन आउनुभएन भनेर सोध्नुभयो, मैले म कार्यक्रममा भएकोले कार्यवाहक वडाध्यक्ष आएर गर्नुहुन्छ भनेको थिएँ। पछि त पेट्रोल पम्पबाट पेट्रोल ल्याएर जलाइसकेछन्।’ ncell in वडाध्यक्ष सुनारका अनुसार महिला वडा सदस्य बुद्धिसरा सुनार कार्यवाहक वडा अध्यक्ष छन्। आफूले नै गर्नुपर्ने काम भए पनि केही समय कुर्न भनेको उनले जनाए ।


















