— राज्यलक्ष्मी शाक्य
कोरोना भाइरसले संक्रमण विस्तार गर्ने र ज्यान लिने क्रम अभैm जारी छ । यो क्रम रोकिएला भन्ने विश्वास कसैलाई छैन । विकसित भनिएका मुलुकहरु अष्ट्रेलिया र बेलायत जस्ता देशहरुले यो संक्रमणको सामना अभैm पनि चर्को रुपमा गरिरहेका छन् । नेपालमा पनि प्रत्येक दिन नागरिकहरु मर्ने क्रम रोकिएको छैन । यसको संक्रमण विस्तार हुने क्रम पनि जारी छ । सरकारले संक्रमणलाई रोक्न खोप लगाउने अभियानलाई महत्व दिएको छ । तर खोप लगाएका मानिसहरुमा पनि संक्रमण देखिएको छ भने मृत्यु हुने क्रम पनि रोकिएको छैन । त्यसैले खोपको प्रभावकारितामाथि प्रश्न चिन्ह खडा भएको छ ।
यसरी संक्रमण मृत्यको अवस्था पूणरुपमा रोकिएको छैन । तर सरकारले विद्यालयहरु सञ्चालन सुरु गरेको छ । विद्यालय सञ्चालकहरुले दवाव सृजना गरेका कारणबाट सरकारले विद्यालयहरुलाई सञ्चालन गर्न अनुमति दिएको बुझ्न सकिन्छ । विद्यार्थीहरुबाट शिक्षण शुल्क अशुल गर्नका लागि विद्यालयहरु सञ्चालनमा ल्याइएका हुन भन्ने कुरा स्पष्ट । शिक्षण शुल्क अशुल्नका लागि सुरु गरिएका विद्यालयहरु संक्रमणको जोखिममा पर्ने बलियो सम्भावना देखिएको छ । विद्यार्थीहरु संक्रमित हुनु भनेको प्रत्येक परिवारमा त्यो संक्रमणको जोखिम विस्तार हुनु हो । यो गम्भिरतातर्पm सरकारले ध्यान पु¥याएको छैन । विद्यालयमा पढ्ने बालबालिकाहरुले खोप समेत लगाएका छैनन् । खोपले संक्रमणलाई केही न्यून गरेको दावी गरिएकै बेला विद्यालयहरुमा खोप नलगाइएको अवस्था छ । यो अवस्थाले विद्यार्थीहरु संक्रमणको निशानामा पर्ने जोखिम बढाएको छ ।
संसारभरी महामारीको रुप लिएर पैmलिएको करिव दुई वर्ष पूरा भएको छ । तर अभैm यसको आक्रान्तबाट जनता मुक्त हुन सकिरहेको छैनन् । संसारभरी नै महामारी, भोकमरी, बेरोजगारी जस्ता ताण्डव नृत्य देखाउन सफल कोरोनाले विकासोन्मुख राष्ट्रमा मात्र नभई विकासित राष्ट्रलाई समेत गम्भीर रुपमा प्रभाव पारेको छ । कोरोना भाइरस विरुद्ध लापर्वाही अपनाउदा झनै लाखौं जनता अकालमा मृत्युवरण गर्न बाध्य हुने निश्चित छ । अझ भन्नु पर्दा संसारका मै हु भन्ने शक्तिशाली राष्ट्र संयुक्त राज्य अमेरिका, फ्रान्स, जापान, बेलायत, अस्टे«लिया, स्पेन जस्ता राष्ट्रहरुका मानिसहरुको जीवनशैलीलाई उथलपुथल बनायो कोरोनाले । स्रोत र साधनबाट सम्पन्न यी राष्ट्रहरुले एक पछि अर्को नयाँ—नयाँ खोजीनीति तथा कोभिड विरुद्धको खोपको आविष्कार गर्न सफल भए । तर पनि यी राष्ट्रहरुका मानिसहरुको जीवनशैलीमा पहिलेकै अवस्था आउने छ । भनेर आशा गर्ने अवस्था छैन । तथापि विकसित मुलुकहरु विकासको गतिमा अगाडि बढ्न सक्लान् नै भन्ने विश्वास उनीहरुमा रहेको पाइन्छ । तर नेपाल जस्तो विकासोन्मुख देशका मानिसहरुको जीवनशैलीमा परिर्वतन आउन अभैm पनि लामोसमय लाग्ने निश्चित देखिएको छ । झन त्यसमा पनि कोभिड १९ को महामारीबाट उद्योग व्यवसायबाट टाटपल्टिएका व्यवसायीहरु, बेराजगार भएका युवाहरुको जीवनशैलीमा खासै परिर्वतन आएको देखिदैन । यस विषयमा सरकारले ठोस निति ल्याएको देखिदैन ।
गत आइतबार छिमेकी देश चीनले नेपाली सेनालाई तीन लाख डोज खोप उपलब्ध गराएको छ । नेपालका लागि चिनियाँ राजदूत यान्छीद्धारा जंगी अड्डा पुगेर नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई खोप हस्तान्तरण गर्नु भएको छ । चीनको जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई सहयोगस्वरुप प्रदान गरिएको १० थान भेन्टिलेटर र १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित तीन लाख डोज कोभिड १९ को खोप हस्तान्तरण भएको नेपाली सेनाले जनाएको छ ।
यो खोपले नेपाली सेनालाई केही राहत पक्कै पु¥याउने छ । तर खोप खरिद गरेर लगाउने अवस्था नेपाली जनतामा छैन । कोरोनाको खोप थप व्ययभार र अनावश्यक तनावको विषय बन्न पुगेको छ । हुन त यसबाट महामारीविरुद्धको लडाइमा नेपाली सेना थप प्रभावकारी हुने नै भयो, तर जहिले पनि सरकारले कोरोना विरुद्ध खोपमा विदेशीको सहयोगमात्रै ताकी रहनु पर्ने अवस्थाको अन्त्य कहिले हुने हो ? यस विषयमा बेलैमा ध्यान पु¥याउन जरुरी छ । सरकारले पनि कोरोनाको भ्याक्सिन उत्पादनमा ध्यान पु¥याउन र यस सम्बन्धमा अध्ययन अनुसन्धान तर्पm ध्यान दिन पनि आवश्यक छ ।-जनधारणा साप्ताहिकबाट

















