नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत पुग्याे

66

काठमाडौं । पछिल्लो २४ घण्टामा २५२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

नौ हजार २१२ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  त्यस्तै, दुुुई हजार ७८२ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको जनाएको छ ।  पछिल्लो २४ घण्टामा ३०० जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा ६ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५६५ पुगेको छ ।  यसैगरी देशभर हालसम्म पाँच हजार ६३५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here