रिस नियन्त्रण गर्ने तरिका

175

संवेग र आवेग मानिसमा हुने सामान्य प्रक्रिया हो । यी कुरा मानिसको बसमा नभए पनि नियन्त्रणमा राख्न सकिएन भने पछुताउनु बाहेक अरू केही गर्न सकिन्न । यी कुरामा आफूले पकड राख्न सक्यो भने जिन्दगी अभाव, दबाबमा पनि संयमित र खुसीका साथ बाच्न सकिन्छ ।

रिस किन उठ्छ रु

अहिलेको सन्दर्भमा धेरै मानिस तनावपूर्ण जिन्दगी बाँचिरहेका छन् । नाम, पद, प्रतिष्ठाका लागि जति मिहिनेत गर्दा पनि सोचेअनुरुप प्रतिफल प्राप्त नहुँदा र आर्थिक अभावका कारणले पनि धेरैमा रिस उठ्ने समस्या हुने मनोविदहरू बताउँछन्

सम्बन्धलाई व्यवस्थापन गर्न नसक्दा मानिसहरू तनावपूर्ण जिन्दगी बाँचिरहेका हुन्छ । संवेदनशील र अन्तर्मुखी मानिसमा यस्तो समस्या अझै जटिल रूपमा बल्झिने गरेको मनोविदहरूको भनाइ छ ।

प्रायः स(सानो कुरालाई लिएर झर्किने वा रिसाउने मानिसको बानी रूपमा विकास भएको हुन्छ । जसले जीवनमा विध्वंश मच्चाउन सक्छ । ुरिस खा आफू बुद्धि खा अरूु उखान नै छ ।

मनोविद् अलिशा अधिकारीका अनुसार रिस एउटा प्रोटेक्टिभ मेकानिजम हो । आवेग र संवेगलाई नियन्त्रण गर्न नसक्दा मानिस यो उत्पन्न हुन सक्छ । कहिलेकाही व्यावसायिक व्यस्तता र अफिसियल काममा आउने जटिलताका कारण पनि रिस उठ्छ । त्यसै दैविक प्रकोपका कारण विस्थापित हुनु पर्दा पनि अभाव र छटपटीका कारण पनि रिस उठ्छ ।

पछिल्लो समय जागिरमा हुने व्यस्तता र काममा देखिने जटिलताका कारण बढी रिस उठ्ने समस्या बढेको छ । जसले घरपरिवारमा नकारात्मक प्रभाव पर्न जान्छ । जसका कारण सम्बन्ध पनि बिग्रिन पनि सक्छ ।

जाँडरक्सीको कुलतमा परेकालाई अझ धेरै रिस उठ्छ । अपेक्षा गरे अनुसारको माया, प्रेम नपाएमा पनि रिस उठ्छ । जब भावनात्मक कुरा आउछ त्यति बेला मनिस मनमा धेरै किसिमका संवेग विकास हुन्छ जसले गर्दा मानिसलाई रिस उठ्छ ।

आदत

कतिपय मानिस जन्मजात रिसाहा हुन्छन् । कतिपयको पछि विकसित हुन्छ । बाल्यकालमा धेरै कुटाइ खाएका, झै(झगडाको वातावरणमा हुर्किएकामा धेरै रिस उठ्ने बानी हुन्छ ।

उनीहरूले त्यो बानी नियन्त्रण गर्न खोज्ने प्रयास गरे पनि असफल हुन्छन् । र, त्यो उनीहरूको कमजोरीको रूपमा रहिरहन्छ ।

प्रतिकूल वातावरण

प्रतिकूल वातावरणका कारण धेरै मानिस झ्वाट्ट रिसाउने गर्छन् । सोचे जस्तो नहुनु, नदेखिनु वा नभेटिनुले मानिस अकस्मात रिसाउँछन् । त्यसको क्षति स्वयंले बहन गर्न पर्छ नै आसपासमा रहेकालाई पनि असर पर्छ ।

अनुकूलतामा ढाल्न खोज्नु

मानिस जहिले पनि आफू अनुकूल वातावरण रुचाउँछ । कहिलेकाही वातावरण यस्तो बनिदिन्छ कि सबै कुरा आफू अनुकूल नहुन पनि सक्छ । सबैको विचार सबैसँग नमिल्न सक्छ । आफ्नो कुरामा ढाल्न खोज्ने प्रवृत्तिका कारण धेरै मानिस दुखी हुन या रिसाउन पुग्छन् । अनुकूलतामा मात्रै होइन प्रतिकूलतामा पनि रमाइन र केही कुरा बिर्सिदिनु या बेवस्ता गरिदिनु राम्रो हुन्छ । जसको कारण रिस कम गर्न सकिन्छ ।

रिसलाई कसरी नियन्त्रण गर्ने रु

ध्यान

ध्यानले जीवनमा ठूलो परिवर्तन ल्याउन मद्दत गर्छ । तनावमुक्त जीवनका लागि ध्यान उपयोगी हुन बताइन्छ । त्यसैले दिनमा कम्तिमा एक पटक १५ देखि २० मिनेटसम्म भए पनि ध्यान गर्नु राम्रो हुने मनोविद्हरूको भनाइ छ । मधुरो संगीतसँगै शान्त स्थानमा ध्यान गर्नाले मन पनि शान्त हुन्छ । ध्यानले आत्मविश्वास बढाउनुको साथै शरीरलाई स्फुर्ति राख्नका लागि महत्त्वपूर्ण भूमिका खेल्छ ।

विचार

कुनै छलफल होस् या साथी भाइसँग कुराकानी गर्दा बोल्नुपूर्व विचार पुर्याउन सकियो भने त्यहाँ कुनै किसिमको झगडा, कोलाहल हुँदैन र एक अर्कामा खुलेर विचार आदानप्रदान गर्न सकिन्छ । जसले गर्दा रिस हाबी हुन पाउँदैन ।

विकल्प

कुनै कुरामा चित्त बुझेको छैन या कुनै कुरामाथि रिस उठेको छ भने समाधानको विकल्प खोज्नु पर्छ । जसले जे गरेको हो त्यही किसिमको जवाफ वा प्रतिक्रिया दिँदा अपेक्षाकृत नतिजा नआउन सक्छ । त्यसैले झगडा हुन लागेका बेला आफूलाई नियन्त्रण गर्नुपर्छ । कसैले कुट्न थाल्यो भने या अपशब्द बोल्न थाल्यो भने आफूले पनि त्यही गर्नु हुँदैन । त्यो बेला त्यस्ता व्यक्तिबाट टाढा रहनुपर्छ ।

तनाव

रिस उठेको बेलामा रिसलाई दबाउने होइन कि आफूलाई रिसबाट मुक्त गराउने कलाको अभ्यास गर्नुपर्छ । र, आफूलाई तनावमुक्त बनाएर मनलाई हलुका बनाउने प्रयास गर्ने गर्दा पनि रिसबाट तनावमुक्त बन्न सकिन्छ । संगीत सुन्ने, राम्रो(राम्रो पुस्तक अध्ययन गर्ने, नृत्य गर्ने, घुम्‍ने गर्नुपर्छ । त्यसले मनलाई आनन्द प्रदान गर्छ ।

हिँड्डुल

रिसलाई सामान्य अवस्थामा ल्याउनको लागि तनावपूर्णमुक्त वातावरणको सिर्जना गर्नुपर्छ । बाहिरी वातावरणमा समायोजन हुन सकियो भने पनि रिसलाई शान्त पार्न सकिन्छ जसका लागि कोलाहाल र अशान्तबाट निस्किएर बाहिरितिर हिँड्डुल गर्नु जरुरी देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here