आगामी मधेस प्रदेशसभा बैठक फागुन १० गते बस्दै

138

काठमाडाैं । मधेस प्रदेशको प्रदेशसभाको बैठक फागुन १० गते मंगलबार बस्ने भएको छ।

प्रदेशसभा सचिवालयले फागुन १० गते मंगलबार दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेको हो। आइतबार बस्ने भनिएको प्रदेशसभाको बैठक विशेष कारण देखाउँदै स्थगन गरिएको थियो।

प्रदेशसभा बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ। गत माघ २६ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सो संकल्प प्रस्ताव पेश गरेका थिए।

सो बैठकमा प्रदेशसभा सदस्य ज्ञानेन्द्रकुमार यादव, रवीन्द्र बैठा, जगतप्रसाद यादव, जैनुल राइन, परमेश्वर साह, शिवचन्द्र चौधरी, नरेशकुमार यादव, अभिराम शर्मा, किशोरी साह (कमल), रिना यादव, रामअशिष यादवलगायतले सरकारद्वारा ल्याइएको संकल्प प्रस्तावमाथि आ–आफ्ना धारणा राखेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here