काठमाडौं । मोरङ, रतुवामाई नगरपालिका-५ बिमल चोक बस्ने दिपक खरेलको कच्ची भान्सा घरमा गएराति आगलागी हुँदा भान्सा घर जलेर करिब ४ लाख १० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । दोलखा, भिमेश्वर नगरपालिका-६ बिचबजारस्थित दोलखा भिमेश्वर नगरपालिका-१ देउराली बस्ने ४३ वर्षीय पदम बहादुर श्रेष्ठले संचालन गरेको संसार टेलर्समा करेन्ट सर्ट भई 4 बुधबार राति आगलागी हुँदा मेसिन, फर्निचर तथा कपडा लगायतका सामान जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















